Logo

Student Corner

फूल

Written by: Yunisha Pathak - 30043, Grade V

Posted on: 07 June, 2022

मलाई फूल मन पर्छ । फूल धेरै जनालाई राम्राे लाग्छ । फूलले सबैकाे मन लाेभ्याउँछ । फूलले वरिपरिकाे वातावरणमा साैन्दर्य थप्ने काम गर्छ । फूलले चारैतिर हरियाली र शाेभा बढाउँछ । हामीले काेपिला टिप्नु हुँदै हुँदैन । काेपिला नै पछि गएर फूल फुल्ने भएकाले हामीले फूल फूल्नबाट वञ्चित गर्नु ठुलाे पाप हाे । फूल हुर्काउँन बढाउन गाेडमेल गर्नुपर्छ । मलाई प्राय गरेर फूल भन्ने बित्तिकै सबै प्रकारका फूल मन पर्छ । तर पनि असाध्यै मन पर्नेमा चाहिँ  लाली गुराँस, सयपत्री, मखमली आदि हुन् । नेपालकाे राष्ट्रिय फूल पनि लाली गुराँस नै हाे । पहाडकाे पाखामा प्रसस्तै पाइने याे फूलले कसकाे मन न लाेभ्याउला र ? त्यसैले गर्दा हाेला नेपालकाे राष्ट्रिय फूल हुने माैका पाएकाे । जतिसुकै मरुभूमि किन न हाेस् माटाे किनेर भएपनि मानिस फूल राेप्न नै चाहन्छ ।