Logo

Student Corner

हिरा चोरी

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 06 June, 2022

जुन २५ मा विश्व बैङ्कले एउटा हिरा निकालेछ । यो हिरा साधारण नभई । एउटा छुट्टै किसिमको अनौठो हिरा हो । यसको मूल्य कारब १५ करोड डलर जति पर्छ । प्रख्यात अरबपति जेफ बेसोजले सो हिरा खरिद गर्ने निर्णय गरेछन् ।

अमेरिकाको एउटा सहरमा भेरोनिका नाम गरेकी बालिका समाचार सुनिरहेकी थिइन् । त्यस्तो मूल्यवान् धातु विश्वमा आएको कुरा सुनेर उनी छक्क परिन् । उत्साही पनि भइन् । आफूले थाह पाएको यो समाचार उनले हतार हतार आफ्ना बाबालाई सुनाउन जान्छिन् । उनको बुबाको नाम रोबर्ट जेकब्स थियो । उनी केही समयपछि लस एन्जेल्सबाट क्यालिफोर्निया जान लागेका थिए । बुबा ! बजारमा एउटा हिरा आएको रहेछ । त्यसको मूल्य १५ करोड डलर पर्दो रहेछ । त्यो हिरा जेप बेजोसले किन्न लागेका रहेछन्, “उनी कस्ता धनी मानिस रहेछन् हगि, बुबा” छोरीकी यस्तो कुरा सुनेर रोबर्ट खिन्न भयो । उनीहरूको परिवार मध्यम वर्गीय परिवार थियो । छोरीलाई धनी परिवारमा हुर्काउने उनको विचार थियो । तर सोचे जस्तो सबै कुरा सम्भव भएको थिएन । छोरीलाई केही नभनी उनी क्यालिफोर्नियातिर गए । 

बुबा गएको केही दिनपछि भेरोनिका समाचार सुन्दै थिइन् । समाचारमा १५ करोड बराबर मूल्यको हिरा चोरी भएको समाचार उनले सुनिन् । हिरा चोरी गर्ने चोरलाई पुलिसले पक्रेकाे थयाे । यो खबर सुनेर उनी छक्क परिन् । “आमा ! आमा !! यता आउनु न; त्यो १५ करोड मूल्य पर्ने हिराको समाचार आएको थियो ; नि त्यो हिरा त चोरी भएछ । अब पुलिसले ती पक्राउ पर्ने चोरलाई सार्वजनिक गर्ने तयारी गर्दै छन् रे । यहाँ आउनुस् न” भन्दै भेरोनिका आफ्नी आमालाई बोलाउँदै थिइन् । यतिकैमा आमा क्लारा त्यहाँ आएर समाचार हेर्न थाल्छिन् । अदालतले चोरलाई फाँसीको सजाय सुनाइसकेछ । यो समाचार जताततै फैलियो। चोरलाई अनुहार सबै छोपिने गरी कालो कपडाले छोपिएको रहेछ ।

एक जना पुलिसले उसको कालो मास्क खोलिदिन्छ । जब उनीहरू ( क्लारा, र भेरोनिका ) ले त्यो मानिसलाई देख्छन्। तब उनीहरूको मुटु छियाछिया हुन्छ। ती मानिस हिरा चोरी गर्ने जेकब्स थिए। आफ्नै आँखाले देखेको कुरा विश्वास नगर्ने पनि कसरी ? यो कुरा पत्याउन उनीहरूलाई निकै गाह्रो भइरहेको थियो । त्यसपछि जेकब्सलाई अन्तिम पटक बोल्न दिइयो ।

“म रोबर्ट जेकब्स, क्लारा र भेरोनिका यदि तिमीहरू मलाई सुन्दै छौ भने मलाई माफ गरिदेऊ । मैले मेरो परिवार सम्पन्न र खुसी बनाउनका लागि मैले हिरा चोरी गरेको हुँ। छोरीको भविष्य उज्ज्वल बनाउँछु भन्ने मेरो चाहना थियो । अफसोस मैले त्यो काम पूरा गर्न सकिन । क्लारा तिमीले छोरीका आवश्यकता पूरा गरिदिनु तर मैले जस्तो गल्ती नगर्नू ।” अलविदा !