Logo

Student Corner

समानता

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 06 June, 2022

नछुट्याउनु जात काे ठुलाे काे सानाे

सबै एउटै लाग्छ मलाई

छ उनमा केकाे अभाव 

सबैकाे रगत राताे नै हुन्छ 

तर पनि किन भेदभाव ।


शरीर एउटै मुटु एउटै 

जन्म मरण सबै एउटै

ठुलाे सानाे भनी भनी

समाजमा राख्छाै छुट्टै ।


शताब्दीले फड्काे मारिसक्याे

तर छैन परिवर्तन साेँचमा

लाैन उठाैँ युवाशक्ति

ल्याउन मुस्कान सबैकाे ओठमा ।


आह्वान गराैँ सबैलाई

 हटाउन जातीय असमानता

 हातेमालाे गरी गराैँ विकास देशकाे 

देखाई आ-आफ्नाे क्षमता ।


ल्याउन सके जातीय र वर्गीय समानता

पक्कै पनि दिगाे हुन्छ विकास

नगराैँ है भेदभाव कसैलाई

एकै बाटाेमा हिँडी ल्याउनुपर्छ निकास ।।