Logo

Student Corner

मेराे झाेला

Written by: Sumedha Adhikari - 29036, Grade VI

Posted on: 06 June, 2022

मेराे झाेला छ चिटिक्क परेकाे 

बाेक्छु म सधैँभरि 

स्कुल जानेबेला म बाेक्ने गर्छु

किताब कापीले भरी


कक्षाकाेठामा मसँगै बसेर 

मेराे र शिक्षककाे कुरा सुन्छ

मेरा सामानकाे सधैँ 

सुरक्षा गर्छ ।


स्कुलबाट फर्कँदा ऊ हाँस्छ  मुसुक्क

मेरा सामानले भरी

मेराे पिठ्युमा चढी समाई समाई

घरमा ऊ रुन्छ आँखा तरी ।


मेराे प्याराे झाेला सम्झन्छु  तिमीलाई 

माया गरेर राख्छु 

त्यसैले मसँगै सधैँ बसिरहुँ 

माया गरेर झनै ।।