Logo

Student Corner

काेराेना

Written by: Aayaan Rai - 31006, Grade IV

Posted on: 06 June, 2022

विश्वमा अहिले एउटा महामारी फैलिएको छ । यो महामारी फैलने जीवाणु २०१९ मा चीनको वुहान सहरबाट सुरू भएको हो । यस जीवाणुको नाम काेभिड-१९ हो । लाखौं मानिसहरूले यो जीवाणुबाट ज्यान गुमाइसकेका छन् । नेपालमा पनि यस रोगको कारणले हजारौँ मानिसहरूको मृत्यु भइसकेको छ । यो जीवाणु धेरै नफैलियोस् भनेर बेलाबेलामा नेपाल सरकारले लकडाउन गरेकाे थियो । विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन हाम्रो विद्यालयले २०७७/७८  सालमा ‘घरबाटै पढाैँ’ कार्यक्रमलाई चलाइरहेको थियाे । हामीले घरबाट नै पढेर परीक्षा पनि दियाैँ ।  वैज्ञानिकहरूले यस जीवाणुको खोप बनाइसकेका छन् । नेपालमा पनि यो खोप लगाउन सुरू भइसकेको छ । जीवाणुबाट बच्न हामी सफा र स्वस्थ रहनुपर्दछ । पौष्टिक खाना खानुपर्दछ । हामीले आफूलाई र अरूलाई पनि काेभिड-१९ बाट बचाउन सक्छौँ । जसको लागि हामीले माक्स लगाउने, स्यानिटाइजर लगाउने, भिडभाडमा नजाने र सामाजिक दूरी कायम गर्नुपर्छ ।