Logo

Student Corner

हात्ती

Written by: Bidhata Dahal - 33007, Grade II

Posted on: 06 June, 2022

हात्ती जङ्‍गली जनावर हाे । हात्ती एकदमै ठुलाे र शक्तिशाली जनावर हाे । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीकाे एउटा पुच्छर र टाउकाे हुन्छ । हात्तीका कान नाङ्ला जत्रै हुन्छन् । हात्तीकाे नाकलाई सुँड भनिन्छ । हात्तीले धेरैजसाे काम सुँडकाे मदतले गर्छ । हात्तीकाे बच्चालाई छावा भनिन्छ । केही मानिसहरूले हात्तीलाई घरमा पनि पालेका छन् । हात्ती खैराे रङकाे मैले देखेकी छु । हात्तीकाे हेरचाह गर्ने मानिसलाई माउते भनिन्छ ।