Logo

Student Corner

निर्वाचन

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 03 June, 2022

आफूले चाहेका जनप्रतिनिधिको छनोट गर्ने विधि एवं प्रक्रिया नै निर्वाचन हो ।  निर्वाचनलाई चुनाव पनि भनिन्छ । नागरिकले देशको शासन व्यवस्थामा प्रतिनिधित्व गर्नका लागि आफ्नो गोप्य मत दिएर निर्वाचित गरेका प्रतिनिधिमार्फत  उनीहरू शासन व्यवस्थामा सहभागी हुन्छन् । निर्वाचन विधि र प्रक्रिया सदैव स्वच्छ, स्वतन्त्र र विश्वसनीय हुनुपर्छ । फरक देशहरूमा फरक फरक तरिकाले चुनाव गरिन्छ । विश्वमा मुख्यतः बढीमत, बहुमत, समानुपातिक प्रतिनिधित्व, मिश्रित र अन्य गरी ४ वटा निर्वाचन प्रणाली परिवारभित्र विभिन्न १२ प्रणालीहरू प्रचलनमा छन् । सबै निर्वाचन प्रणालीका आ–आफ्ना विशेषता छन् । निर्वाचन प्रणालीमा रहेको खास खास विशेषताका कारण मतको अवस्था उही रहे पनि प्रणालीअनुसार प्रतिनिधित्वको सङ्ख्या र स्वरूपमा भने फरक नतिजा आउँछ । संसारका सबैजसो मुलुकले राजनीतिक परिवर्तनको विशिष्ट अवस्थामा वा मुलुकले आत्मसात् गरेका खासखास मुद्दाको सम्बोधन गरी देशमा शान्ति, स्थिरता र विकाशका लागि निर्वाचन प्रक्रिया गर्ने गरिन्छ । 

नेपालकाे संविधान २०७२ मा नेपालमा प्रत्येक पाँच पाँच वर्षमा सङ्घ प्रदेश र स्थानीय तहकाे निर्वाचन हुने र जनप्रतिनिधि छानिने व्यवस्था छ । संसदकाे माथिल्लो सदन र तल्लो सदन दुवै सदस्यहरूको निर्वाचन हुने व्यवस्था नेपालकाे संविधान २०७२ अनुसार हुन्छ । नेपालको निर्वाचन गराउने काम नेपाल निर्वाचन आयोगले गर्छ। २०७९ वैशाखमा ७५३ स्थानीय तहकाे निर्वाचन सम्पन्न भइसकेकाे छ । नेपालमा ८ वटा प्रमुख राजनीतिक दलहरू छन् : नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी। 

अहिले निर्वाचित प्रतिनिधिहरूमध्ये कतिपय ठाउँमा स्वतन्त्र उमेदवाहरूले पनि चुनाव जितेर चर्चा कमाएका छन् । ती नयाँ र स्वतन्त्र उमेदवाहरूबाट जनताहरूले परिवर्तनकाे आशा पनि राखेका छन् । १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकहरूले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।