Logo

Student Corner

नयाँ विद्यालयमा मेरो पहिलो दिन

Written by: Gaurav Kundaliya - 28023, Grade VII

Posted on: 03 June, 2022

 नयाँ विद्यालयकाे पहिलाे दिन म सधैं सम्झन्छु। जब म ब्युझेँ, त्यो उज्यालो र घमाइलो बिहान थियो । म नयाँ ठुलो विद्यालयमा जान पाउँदा रोमाञ्चित थिएँ। मैले विद्यालयको बारेमा धेरै राम्रा कुराहरू सुनेको थिएँ। म छिट्टै तयार भएँ, बिहानको खाजा खाएँ र स्कुल गएँ । 

जब म  विद्यालय पुगेँ, मैले स्कुलको भवन साँच्चै ठुलो थियो । मलाई मेरो कक्षाकोठा कहाँ थियो थाहा थिएन । विद्यालयकाे भवन वरिपरि अन्य धेरै विद्यार्थीहरू थिए।अचानक, मैले कसैलाई  चिनेजस्ताे लाग्याे । जुन मेराे पुरानाे विद्यालयकाे साथी थियाे । त्याे साथीलार्इ देख्दा खुसी पनि लाग्याे । उसकाे नाम आरभ यादव थियाे एउटै विद्यालयमा पढेर पनि हामी बाेलेका भने थिएनाैँ । 

मैले त्यस साथीकाे नाम बाेलाएँ । अनुहारमा मुस्कान लिएर त्याे साथी मतर्फ आइपुग्याे ।  मलाई देखेर ऊ पनि खुसी देखिन्थ्याे । हामी एउटै कक्षामा पढ्ने भयाैँ । उसलाई भेटेपछि म नयाँ स्कुलको र साथीका  बारेमा चिन्तित भइनँ । पहिलाे घन्टी लाग्याे । हामी कक्षामा गयाैँ । त्यस दिन कक्षामा किताबी ज्ञानभन्दा पनि हाम्राे जीवनमा असल व्यवहार महत्त्वपूर्ण हुने हुँदा अनुशासित बन्नुपर्ने कुराकाे बारेमा शिक्षकहरूले ज्ञान दिनुभयाे । कक्षाहरू निकै रमाइला भए । विद्यालयका शिक्षकहरू निकै असल र अनुभवी हुनुहुँदाे रहेछ । 

 यस विद्यालयमा मिहिनेत गरेर राम्राे बन्ने सपना मैले पहिलाे दिनबाट नै देखेकाे छु । समग्रमा डियरवाक सिफल स्कुलकाे पहिलाे दिन मैले आशा गरेभन्दा निकै रमाइलाे र राम्राे भयाे ।  त्यस दिन घर फर्केपछि पनि मैले विद्यालयका रमाइला र आनन्ददायक पलहरू सम्झेर बसेकाे थिएँ ।