Logo

Student Corner

अहिले के भइरहेको छ?

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 02 June, 2022

हामी सबैलाई थाहा छ कि अहिले विश्वमा के भइरहेकाे छ ? एकछिन यता पनि है त, अहिले प्राणीहरूकाे वासस्थान रहेको ठाउँ (पृथ्वी) बेवास्ता गरिएको ठाउँ हाे । हामी आफ्नै संसारमा धेरै व्यस्त छौँ । हामी पूर्णतया बिर्सन्छौँ कि हामी बाँचिरहेकाे वास्तविक संसारमा के भइरहेको छ । के हामीलाई थाहा छ; अहिले के भइरहेको छ ?  हामी भन्न सक्छौँ, के चाहिँ  हुन सक्ला  ? हामी जवाफ दिँदा अक्क न बक्क भई बसिदिन्छाैँ । जवाफ दिनेहरूले नै पनि सजिलै भनिदेलान् आफूले देखे भाेगेकाे कुरा । अरू समस्या छाडेर युद्ध र महँगाइ पनि भन्न सक्छन् । तर के यही र यति मात्र भएको हाे ? वास्तवमा भइरहेको के हाे ?

विश्वमा युद्धको वर्तमान अवस्थाको गहिराइमा जाँदा सानो झगडालाई पनि युद्ध मानिन्छ । मध्यपूर्वी देशहरू, युरोपेली देशहरू र अन्य धेरै देशहरू अहिले युद्धको सामना गरिरहेका छन् । जसले प्रत्येक देशमा ठुलो मात्रामा आर्थिक नोक्सान पुर्‍याएको छ। आर्थिक समस्याकै कुरा गर्दा आर्थिक मन्दीबाट गुज्रिरहेको नेपालको वर्तमान अवस्था पनि हामीलाई थाहा नै छ । नेपाल सरकार र आम नेपाली जनताले आर्थिक सङ्कटकाे सामना गर्नुपरेकै छ  । नेपाली जनताहरू उच्च मूल्यवृद्धिको सामना गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । देशमा आयात बढ्दै जानु, निर्यात कम हुनु, सबै सामान विदेशबाट भित्रिँदा नेपालकाे व्यापार घाटा बढ्दै गइरहेकाे छ । कमाइकाे तुलनामा खर्च बढी भइरहेकाे छ । यो सबैका लागि चिन्ताकाे विषय हाे ।  नेपाल र नेपाली मात्र नभएर विश्वका अन्य धेरै देशहरूसमेत आर्थिक सङ्कटको सामना गरिरहेका छन् । सबैका आफ्नै पीडा र व्यथा छन् । 

मौसम परिवर्तन ?

पृथ्वीको तापक्रम छिटो छिटाे परिवर्तन हुँदै गइरहेकाे हामी सबैलाई थाहा छ । अहिले हामी कुन युगबाट कुन युगससम्म आइपुगेका छौँ भन्ने कुरा अनुभव गर्दा नै निकै गर्व हुन्छ । त्यसैले विज्ञानको यस्तो युगमा आइपुग्दा मौसममा यति धेरै  परिवर्तन हुँदै गएकाे थाहा पाउँदा पनि केही गर्न नखोज्ने हामी मानव जाति कस्ता हाैँ  ?   यसतर्फ कसले र कहिले ध्यान दिने  ? अब हामीले याे साेच्ने बेला भएकाे छ । हाम्राे सानो सानो प्रयासले नै सबै कुराहरू ठुला र सम्भव बनाउन सक्छाैँ । हाम्राे साेचाइ र गराइकाे कमीले मात्र सम्भव कुरालाई पनि असम्भव देखिएकाे हाे । यो विज्ञान र प्रविधिको युग हो । यस युगमा हामीले चाहेकाे कुरा पूरा गर्न सक्छाैँ । मात्र इच्छाशक्तिकाे खाँचाे छ ।