Logo

Student Corner

आमा

Written by: Srishad Shiwakoti - 27026, Grade VIII

Posted on: 02 June, 2022

मेरी जन्मदाता 

हुन मेरी आमा । 

मेरी प्रेरणाकी श्रोत 

हुन् मेरी आमा।


नौ महिना गर्भमा राखी 

जन्माइन् मलाई कष्ठ गरी ||

हुर्काइन् बढाइन् ज्ञानगुन सिकाइन् 

निरन्तर हावा चले सरी ||


पढ्न लेख्न प्रोत्साहन गर्छिन् 

ठुला सपना देखाउछिन् आँखाभरी |

बिरामी हुँदा पिर गर्दै 

जाग्छिन उनी रातभरि ||


पूरा गर्नुछ उनका सपना मैले 

मिहिनेत गरेर पढी लेखी |

भविष्य उज्ज्वल पार्नुछ मैले 

त्यसैले भाग्य सपार्दै छु आजैदेखि ||


मेरी जन्मदाता मेरी प्राणदाता 

उनको त्याग छ मेरो रगतभरि |

उनको मायाको ऋण तिर्न सक्दिन

 यो जुनिभरि