Logo

Student Corner

हिमाल

Written by: Yureka Adhikari - 29049, Grade VI

Posted on: 02 June, 2022

अग्ला, होचा अनेक थरिका छन,

पानी दिएर हरिया बनाउँछन् हाम्रा वन ।


हरेकका आकार नमिले पनि,

खुसीसँग बस्छन् सबैतिर सुखशान्ति छर्छन् ।


सुन्दर तर डरलाग्दो,

परबाट म हेरिराखौँजस्तो।


हे हिमाल, कसरी भयाै यति सुन्दर

हे हिमाल, कसरी हो तिम्रो आकारले दिन्छ डर।

 

हजार छौ तर बस्छौ बनी एक,

तिमी सबै माथिबाट गरिरहन्छौ हाम्रो रेखदेख।


माच्छापुच्छ्रे देखी सगरमाथा,

पासाङ लामु शेर्पाजस्ता,

बनाएका छौँ धेरै मानिसहरूको जीवनलाई कथा।

 

बनेका छौँ तिमी नेपालको शान,

वर्णन गर्न नसकिने तिम्राे याेगदान।