Logo

Student Corner

वातावरणमा मानवको प्रभाव

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 01 June, 2022

पृथ्वी जस्तो सुन्दर ग्रहमा बस्ने हामी जीवहरू भाग्यमानी छौँ । किनकि यस धर्तीले हामीलाई जीवन दिएको छ । हामीलाई घर,परिवार,जीवनको अनुभवलगायतका सम्पूर्ण कुरा दिएको छ । सायद यो ग्रह अहिले नभएको भए हामीले याे जीवन पाउने थिएनौँ । हामी बाँच्न पाउने थिएनौँ । यो धर्ती हामी प्राणीहरूको घर हो तर अहिले हामीले आफ्नै घरलाई सुरक्षा गर्नुकाे साटाे नष्ट  गर्दै गइरहेका छौँ । 

हामी मानवले याे सुन्दर धर्तीलाई अहिलेसम्म धेरै बिगारिसकेका छौँ । हामीले हाम्रो स्वार्थका लागि दिनप्रतिदिन वन जङ्गगलहरू नष्ट गर्दै गइरहेका छौँ । हामीले हाम्रो घर बनाउनका लागि अरूको घरलाई नष्ट  गर्दै छौँ । आखिर हामीसँग आफ्नै घर भए जस्तै जनावरहरूको घर वनजङ्गल हो । हामीले आफूलाई सबैभन्दा बुद्धिमान् प्राणी भन्दै अरू प्राणीहरूको घर बिगार्नु राम्राे हाेइन । मानिस बुद्धिमान् प्राणी भएकाे नाताले अरू प्राणीहरूको रक्षा गर्नुपर्छ । प्रकृतिकाे रक्षा गर्नु  र प्राणीहरूलाई बचाउनु मानिसकाे कर्तव्य  हो । घरविहीन मानिस बाटाेमा बस्दा उसकाे जस्तो अवस्था हुन्छ । वनजङ्गलविनाका जनावरहरूकाे पनि त्यस्तै अवस्था हुन्छ । आफ्नाे घर नभएपछि उनीहरू घरको खोजीमा ठाउँ ठाउँ घुम्न थाल्छन् । मानव बस्तीभित्र पस्छन् । जङ्गली जनावरहरूले मानव बस्तीमा हानि पुर्याउन सक्छन् । मानिसले आफ्नाे सुरक्षाका लागि ती जनावरहरूलाई मार्छन् । मानव प्रजातिकै कारण आहिले धेरै प्राणीहरू विलुप्त हुन पुगेका छन् । 

हामी मानिसहरू धेरै अल्छी छाैँ। हामी आफ्नो फोहोर जता पायो त्यता फालिदिन्छौँ । फालेको फोहोर फेरि टिपेर फाल्नु पर्ने ठाउँमा फाल्दैनौँ । यसले वातावरण प्रदूषित हुन्छ भन्ने कुरा हामी बुझेर पनि नबुझे जस्ताे गर्छाैँ । यस्ता फोहोरहरू कुहिन वा सड्न सयाैँ वर्ष लाग्छ । यस्ताे समस्या धर्तीमा मात्र नभएर नदी समुद्रमा पनि भएकाे पाइन्छ । समुद्रमा यस्तै फाेहाेर बढ्दै जाँदा समुद्रमा बस्ने सामुद्रिक जीवहरूसमेत यसकाे शिकार बन्न पुग्छन् । यसले समग्र जीव र प्राणीमा नकारात्मक असर पर्छ । त्यसैले विवेकशील प्राणी मानवले एकपटक साेच्नुपर्ने बेला आएकाे छ ।

प्लास्टिक र प्लास्टिकजन्य फाेहाेरले वातावरण कुरूप बन्दा मानिस आफैँ कुरूप बन्छ भन्ने कुरा मानिसले बिर्सनु हुँदैन । त्यसैले हामीले अहिलेदेखि नै केही गरेनौँ वा सचेत भएनाैँ भने हामी मानिसकाे अस्तित्वसमेत छिट्टै सङ्कटमा पर्छ । याे कुरा हामीले हाम्रा नयाँ पुस्तालाई पनि बुझाउनुपर्छ । वातावरण संरक्षणमा हामी एकजुट भएर अगाडि बढ्नुपर्छ ।