Logo

Student Corner

काठमाडौँ सहर

Written by: Prasiddha Shrestha - 28008, Grade VII

Posted on: 01 June, 2022

काठमाडौँ सहर नामकाे मात्र रहर

 कोही धनी कोही गरिब

सबैको इच्छा एउटै छ

सबैलाई पैसा कमाउनु नै छ ।


नेपालको राजधानी काठमाडौ सहर
छ अन्तभन्दा धेरै सुविधा 

तैपनि यहाँका सबैमा दुबिधा

जनसंख्या छ धेरै 

 जनसंख्याकाे कारणले प्रदूषण बढ्दै ।


काठमाडौँ सहर जहाँ मन्दिर धेरै छ

 पशुपतिनाथ काठमाडौँ शहरमै छ

काठमाडौँ धेरै देवता र मन्दिरकाे सहर

 सबैकाे यहीँ बस्ने रहर ।


 रोजगारी यहीँ छ 

ठुला ठुला अस्पताल यहीँ छन्

 मन्त्रीहरू यहीँ छन्

मन्त्रालय यहीं छन् ।


सौन्दयले भरिपूर्ण काठमाडौ सहर

पर्यटकले भरिभराउ काठमाडौँ सहर

भिलीमिली काठमाडौँ सहर

रमाइलो काठमाडौ सहर