Logo

Student Corner

शिक्षाकाे महत्त्व

Written by: Paridhi Pant - 30054, Grade V

Posted on: 01 June, 2022

शिक्षा भन्ने वित्तिकै स्कुल क्याम्पस आदि वा घरमै पनि नियमित रुपले अध्ययन गर्ने गराउने वा पढेको बन्दोबस्त मिलाउने  काम भन्ने बुझिन्छ। शिक्षा नभएको मानिसकाे  जीवन अज्ञान र अन्धकारले भरिएको हुन्छ। शिक्षा मानिसकाे विकासको आधार हो। शिक्षाले हामीलाई अनुसाशन, विनम्रता र काम गर्ने क्षमता सिकाउँछ। शिक्षाबाट हामी धेरै कुरा सिक्न सक्छौं। नयाँ नयाँ कुराहरूको जानकारी पाउछौं। अरू देशमा भएको ज्ञान, सिपले हामीलाई पछि भविष्यमा विकास गर्न सजिलो हुन्छ। हामी समाझ र परिवारबाट पनि शिक्षा पाउँन सक्छाैं।