Logo

Student Corner

फुटबल

Written by: Sohana Ale Magar - 25016, Grade X

Posted on: 31 May, 2022

फुटबल मेरो सानैदेखि खेल्ने रहर
खेल्छुभन्दा सबै भन्छन्; लेखपढ गर् ।
मेरो चाहना फुटबलका लागि खट्ने
घरमा भन्छन्; छोडिदे सबै स्कुल गएर पढ्ने ।

फुटबल नै हो मेरो ठुलो सपना
सपनालाई मैले बनाउनु छ विपना ।
देशभरि चिनाउनु छ आफ्नो नाम
देखाउनु छ गरेर मेरा लागि ठुलो काम ।

फुटबल नै मेरो जीवनको सार
यसैमा लाग्छ छ  मेरो पहिचान
बन्नु छ साना नानीहरूको प्रेरणा
मनमा राखेकी छु यही धारणा

कोही भन्छन्,
के देखेकी छ्यौ;  फुटबलमा ?
म भन्छु;
“मेरो सपना हो फुटबल
मेरो जीवन हो फुटबल
मेरो रहर हो फुटबल ।”