Logo

Student Corner

हाम्रो भोट

Written by: Aakanchhya Khadka - 27001, Grade VIII

Posted on: 31 May, 2022

देशको उज्ज्वल भविष्यको
लागि आवश्यक छ हाम्रो भोट
देशलाई सही मार्ग निर्देशन गर्न
नेतृत्त्व चुन्ने  हाम्रो भोट ।

मै हुँ भनी नानाथरी कामभन्दा
कुरा गर्दै हिड्नेलाई हाेइन 
असल, इमानदार र कर्तव्यनिष्ठ 
सही नेतृत्व छान्नका लागि हाम्राे भाेट ।

पैसा र प्रलोभनको आधारमा किन्न
खोज्नेलाई पल्टाउने  हाम्रो भोट 
नयाँ  जनता र देश विकास गर्ने 
सत् पात्रका लागि हाे हाम्राे भाेट ।

देखावटी र बलकाे भरमा  चुनाव जित्ने 
प्रलोभन र पैसाको  रवाफ
विकास र निकास दिने बाचाका भरमा
चुनाव जित्छन्, दिँदैनन् भाेटकाे जवाफ

त्यसैले एकजुट हाेऔँ, जागौँ बुझाैँ
सबैले आफ्नो भोटको मूल्य
जनताको दुख बुझ्ने नेतृत्त्व
ल्याउने हाम्रो हो भोट अमूल्य  ।