Logo

Student Corner

नदीनाला

Written by: Sadhvi Aryal - 29025, Grade VI

Posted on: 31 May, 2022

नदीनाला हाम्रा अनमाेल सम्पत्ति
कहिले फाइदा कहिले गर्छन् क्षति
नदीहरू हुन्छन् ठुला वा साना
गीत बाजा घन्काउँछन् नाना ।

पानीसँग घाम मिली इन्द्रेणी बन्दछ 
नदीनालाले हामीलाई सबै चिज दिन्छ 
पानीबिना कुनै प्राणी बाँच्न सक्दैन 
पानी छैन भने यहाँ केही पनि छैन ।

पानी नै जीवन हाे पानी नै हाे धन
सबै मिली पानीलाई सफा राखाैँ जन