Logo

Student Corner

सगरमाथा

Written by: Nisit Pokhrel - 31038, Grade IV

Posted on: 31 May, 2022

सगरमाथा नेपालको सबैभन्दा  अग्लो हिमाल  हो । सगरमाथा नेपालकाे साेलुखुम्बु  जिल्लामा पर्छ । सगरमाथा शिखरकाे उचाइ ८,८४८ मिटर छ ।  सगरमाथाको माथिल्लो तहमा हिउँ बाह्रै महिना पर्छ । सबैभन्दा  पहिला  सगरमाथा चढ्ने व्यक्ति तेन्जिङ  नोर्गे र एडमन हिलारी हुन् । सगरमाथाले नेपालकाे इज्जत बढाएकाे छ । नेपालबाट र अरू  विभिन्न देशका पर्यटकहरू याे हिमाल चढ्न आउँछन् ।  सगरमाथा विश्वकै सबैभन्दा अग्लाे हिमाल भएकाले यसले हाम्रो देशको शोभा बढाएको छ । सगरमाथालाई माउन्ट एभरेस्ट पनि भन्दछन्  । सगरमाथा आराेहण गर्न गाह्राे हुन्छ तर धेरै मानिसहरूले सगरमाथा चढेका छन् ।