Written by: Prashraya Shrestha - 26014, Grade IX
Posted on: 30 May, 2022
गत माघ १६ गतेकाे कुरा हो । म छतमा बसेर बदाम खाइरहेको थिएँ । तलबाट आमाले सन्जोग ! सन्जोग !! भनेर बोलाउनुभयो । म मेरी आमालाई तलतिर हेर्न थालेँ । त्यति नै बेला म छतबाट ३ तला तल खसेँ । केही समयसम्म म होसमै थिएँ । नजिकैबाट थाल खसेको आवाज आयो । आमाले सन्जोग सन्जोग भन्दै रोइरको अहिलेसम्म याद छ। अनि एकै छिनमा कानमा ट्याङ्ङ्ङ् आवाज आयाे र दृष्टि कालो भयाे ।
केही समयपछि मैले आफूलाई मरुभूमिको बिचमा पाएँ । केही समयपछि टाढाबाट एउटा मोटर बाइकको आवाज आयो । ए फुच्चे ! यता के गरिरहेको ? भन्दै एक जना मानिस मोटर बाइकबाट उत्रियाे । म डराएँ र मैले मेरो नाम भनेँ । त्यसपछि उनले मलाई सहरसम्म पुराइदिए । बाटाेमा जाँदै गर्दा उनले आफ्नाे नाम डा. सुरेश भनेर चिनाए । उनले मलाई गङ्गापुर नामकाे सहरमा छाेडिदिए । मोटर बाइकबाट उत्रिएपछि म टोलाएर बसिरहेको देखेर डाक्टर साबले मलाई आफ्नाे घर लिएर गए । डाक्टर साबको घर धेरै नै फोहाेर थियो तर आधुनिक थियो । आत्तिदै म डाक्टरसाबलाई आजको मिति सोधेँ । अनौठो जवाफ आयाे १६ माघ ३००१ । मैले डाक्टरसाबलाई मेरो पुरानो जीवनको बारेमा सम्झेँ जति सबै कुरा भनेँ । डाक्टरसाबले मलाई गँजेडी ठानेर झन्डै घरबाट निकाल्न आँटेका थिए तर मेरो आँखाभरि आँसु देखेर डाक्टर साबले मेरो कुरा साँचाे ठाने। डाक्टरसाब उठेर छिटो छिटो अनुसन्धान गर्न थाले। डाक्टरसाबले सोफाको पछाडिबाट एउटा बोतल निकाले। केही समयपछि डाक्टरसाबले रक्सीको नशामा आफ्नो पीडा पाेख्न थाले । डाक्टर सुरेश पहिले धेरै धनी र सफल मान्छे रहेछन् । उनी डाक्टर भएकाे ३ वर्षपछि उनको अस्पताल जलेछ । अस्पतालमा ४० जना मान्छे घाइते भएछन् । ३ जना मानिसकाे मृत्यु भएछ । अनि यो सबै दोष डाक्टरसाबमा थाेपरियाे । उनलाई दिनका दिन मानिसहरूको हेपाइ खान थाले । उनकी श्रीमतीले हेपाइ सामना गर्न नसकेर उनलाई छोडेर गएकी रहिछन् । डाक्टरले आफ्नाे कथा भन्दै गर्दा उनी निदाए ।
भोलिपल्टदेखि फेरि डाक्टरले अनुसन्धान गर्न थाले । अनुसन्धान गर्दै जाँदा ४ महिनापछि डाक्टरसाबले एउटा पुरानो किताब भेटे । त्यो किताबमा मेरो जस्तै कथा लेखिएको थियो । किताबमा लेखिएअनुसार मैले सुकुम नामकाे पहाडबाट एउटा हिरा लिनुपर्छ भनिएको थियो । डाक्टर साबले पहाड चढ्न भने । डाक्टरसाब र म पहाड चढ्न तयारी गऱ्यौँ । हामीले एउटा योजना पनि बनायाैँ । सुकुम नमकाे पहाड चढ्न थाल्याैँ । पहाड चढ्दै गर्दा मैले डाक्टरसाबलाई सोधेँ, "तपाइँले मलाई सहयोग गरेर के पाउनुहुन्छ ?" डाक्टरसाबले हाँस्दै भने, "बाबु मेरो पनि एउटा छोरा थियो " अनि हामी पहाड चढ्न गयाैँ । केही समयपछि पहाडमा मैले हिरा देखेँ । हिराको छायाँमा मैले मेरा आमाबुबालाई देखेँ हिरालाई छुन जाँदा मेरो कानमा फेरि ट्याङ्ङ्ङ् आवाज आयाे र आँखाको दृष्टी कालो भयाे।