Logo

Student Corner

लुकेको प्रतिभा

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 30 May, 2022

“म विद्यालय जान्न,” रामुले भन्यो । 

रामु कक्षा ४ मा अध्ययन गर्ने एक विद्यार्थी थियो। ऊ आफ्ना आमा र बुबासँग बस्थ्यो । ऊ काठमाडौँको एक राम्रो विद्यालयमा पढ्थ्यो। 

एक दिन ऊ विद्यालय जादै गर्दा उसका साथीहरूले उसलाई राम्ररी पढ्न नसक्ने भनेर जिस्क्याए । उसलाई भकभकाउने रोग थियो । त्यसैले ऊ कक्षाको अन्तिममा आउँथ्यो। उसलाई साह्रै दुख लाग्थ्यो । 

त्यसकाे केही समयपछि उसका साथीहरूले उसलाई “किन पढ्न आएको? तिमीले त आफ्नो आमा बुबाको पैसा खर्च मात्रै गर्दै छौ” भने । यो कुराले उसलाई साह्रै दुखी पार्‍याे। ऊ दिनभरि यही कुरामा ध्यान दिएर बस्यो । घर गएर उसले आमालाई भन्यो “आमा म विद्यालय जान्न” । आमाले छक्क परेर सोध्नुभयो “किन छोरा ? के भयो र ?” छोराले आँखाभरि आसु पार्दै भन्यो “आमा मलाई विद्यालयमा पढ्न नजान्ने भनेर जिस्क्याउँछन । मलाई साह्रै दुख लाग्छ । आज त साथीहरूले पढेर के गर्छस् ? तैले त तेरा आमा बुबाको पैसा मात्रै नष्ट गर्छस् भनेर भने। मलाई पनि साथीहरूको कुरा ठिक लाग्यो । म विद्यालय जान्न अब देखि आमा।”

आमाले सबै कुरा सुन्नुभयो । भोलिपल्ट उसको विद्यालय गएर प्रधानाध्यापकसँग भेट्नु भयो । प्रधानाध्यापकले पनि रामुलाई जिस्काए। त्यसै दिन आमाले त्यस विद्यालयबाट रामुलाई निकालिन्। वर्षको बीचमा भएका कारणले उनले रामुलाई घरमै पढाइन्। 

आमाले रामुलाई अर्को वर्ष अर्कै राम्रो विद्यालयमा हालिन् । यस् विद्यालयमा सबैलाई उस्तै दृष्टिकाेणले हेरिन्थ्याे ।  कसैलाई जिस्काउने र भेदभाव गर्ने काम गरिदैनथ्याे । त्यस विद्यालमा गएपछि रामु अत्यन्त खुसी भएर सिक्न थाल्याे । रामुका नयाँ साथी र शिक्षकका कारणले ऊ कक्षामा प्रथम आउन थाल्यो ।  उसले सफलताका सिँढीहरूमा उक्लँदै गयाे । आज ऊ बाल अधिकारको लागि लड्न सक्ने एक ठुलाे वकिल भएको छ ।