Logo

Student Corner

मेरो बिदाकाे समय

Written by: Samip Aryal - 25014, Grade X

Posted on: 27 May, 2022

मेराे कक्षा ९ काे वार्षिक परीक्षा सकिएपछि केही समय म फुर्सदिलाे भएँ । याे समय मेरा लागि आफन्त भेट्ने र घुम्ने थियाे । केही पूजाआजामा सहभागी हुने अवसर पनि जुर्याे । मेराे बुवाको माइजूको नातिको व्रतबन्धमा गएँ । उसकाे बसाइ अष्ट्रेलिया थियाे । केही समय बिदा मिलाएर उनीहरू नेपाल आएका    रहेछन्।

व्रतबन्ध गर्ने घरमा ३ दिन जुठाे परेकाले हाम्राे घरमा सेलपुरी आदि राेटी बनाएकाे बनाएका थियाैँ । हाम्रो घरमा मान्छे पनि बाेलाएका थियाैँ । व्रतबन्धकाे केही तयारी हाम्राे घरमा पनि गरिएकाे थियाे । मेरी हजुरआमाकी दिदी पनि अमेरिकाबाट आफ्नो परिवारसहित नेपाल आउनुभएको थियो । व्रतबन्धकाे दिन धेरै रमाइलाे भयाे । व्रतबन्ध मेराे घर नजिकै राम मन्दिरमा भएको थियाे । व्रतबन्धमा धेरै मानिस आएका थिए । व्रतबन्ध सकिएपछि पार्टी थियाे । पार्टी भनेपछि सबैका लागि रमाइलाे हुने ठाउँ हाे । म पनि पार्टी भनेपछि निकै रमाउँछु । पार्टीमा मीठा मीठा परिकार खानका लागि राखिएकाे थियाे । पार्टीमा आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा खाइयो र  रमाइयाे पनि । 

यसरी नै मेरो बिदाको पहिलो हप्ता बितेको थियो । व्रतबन्ध सकिएपछि म मेरी फुपूको घर दुवाकाेट गएँ । काठमाडाैँकाे सडक सामान्य अवस्थामा पनि जाम हुने गर्छ । साँझ पर्न आँटेकाे थियाे । हामी ट्याक्सी लिएर फुपूकाे घरतर्फ लाग्याैँ । बिचबिचमा जाम पर्याे । फुपूकाे घर पुग्दा रात नै पर्न आँटेकाे थियाे ।  त्यस रात त्यहीँ बसियाे । फुपूका २ वटा छोराहरू छन् । एउटा छाेराकाे बिहे भइसकेकाे छ । उहाँकाे १६ महिनाकी एउटी छाेरी पनि छन् । उनी सानी भए पनि अलि अलि बाेल्न सक्ने भएकी छिन् । उनी मलाई काका भन्छिन् । फुपूले घरमा २ वटा कुकुर र एउटा कछुवा पनि पाल्नु भएकाे रहेछ । एकछिन बसेर कुराकानी गरेपछि खाना खाएर सुतियाे । मैले नयाँ वर्ष  त्यतै मनाएँ । म फुपूकाे घरमा एक हप्ता जति बसेँ । त्यसपछि म मेरी मम्मीको दिदीकी छोरीको पास्नीमा गएँ । त्यहाँ मैले मेरा नातेदार पनि भेटेँ । त्यसदिन पनि रमाइलाे भयाे । अर्काे दिन त्यतैबाट पार्कतिर घुम्न गयाैँ । जे हाेस् बिदामा रमाइलाे गरियाे । यसरी मैले मेराे बिदा मनाएँ ।