Logo

Student Corner

प्याराे देश नेपाल

Written by: Pratik Dongol - 27009, Grade VIII

Posted on: 27 May, 2022

मेरो प्यारो प्यारो देश नेपाल

हो प्राकृतिक सुन्दरताको मुल।

उच्च हुनेछ नेपाल सदैव संसारमा

जबसम्म रहन्छन् सुर्य र चन्द्र ।


जन्मस्थल गौतम बुद्धको 

सधैँ रहनेछ मुल पवित्रताको।

सगरमाथा भएको देश हाम्रो

सधै रहेनेछ प्रसिद्ध र राम्रो।


कहीँ नपाउने जीवजन्तु अन्य स्थलमा

पाउन सक्छौँ हाम्रो देश नेपालमा। 

नेपाल विकासमा पछि परे पनि

छ जात संस्कृतिमा धेरै अगाडि ।


हाम्रा पुर्खाले गरेका बलिदानले 

छौँ आज हामी खुसी उनकै त्यागले।

हाम्रो नसा नसा बगिरहेको छ

ती गोर्खाली पुर्खाहरूको रगत ।

 

ती महान् पुर्खाहरूका बगेका रक्तले 

छ हाम्रो देश समृद्ध सबै कुरामा।

यी कुराहरूले गर्दा हामीले

गर्व गर्दै पुर्खाकाे बाटाेमा लाग्नुपर्छ ।