Logo

Student Corner

साग

Written by: Sadagi Koirala - 31026, Grade IV

Posted on: 27 May, 2022

साग एक प्रकारको तरकारी हो । साग हरियो हुन्छ । साग धेरै थरीका हुन्छन् जस्तैः रायाे, ताेरी, चम्सुर, पालुङ्गो, मेथी, आदि । मलाई फर्सीको मुन्टा अनि  निहुरो मन पर्छ । सागबाट भिटामिन सि, ए र खनिज पदार्थ अनि फाइबर प्रशस्त मात्रामा पाइन्छ । धेरैजसो केटाकेटीको साग नखाने बानी हुन्छ तर यो राम्रो बानी होइन साग नखाँदा हामीलाई धेरै थरीका रोग लाग्दछ,  जस्तैः आँखा कमजोर हुने, रगतको कमी हुने, कब्जियत हुने आदि रोग । साग प्राय सबै मौसममा पाइन्छन् । गर्मीमा फर्सीको मुन्टा बढी पाइन्छ भने वर्षामा निहुरो पाइन्छ । जाडो मौसममा सागहरू अझै धेरै पाइन्छन् । रायो, तोरी,  मेथी आदि गर्मी मौसममा पाइने सागहरू हुन् । मलाई साग धेरै मिठो लाग्छ ।