Logo

Student Corner

अङ्ग्रेजले नेपालमा शासन गरेको भए के हुन्थ्यो होला ?

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 26 May, 2022

विश्वको कुनै पनि देशले साम्राज्य विस्तार गर्न नसकेकाे मुलुकमध्ये नेपाल पनि एक हो । तिब्बतसँग व्यापार गर्ने उद्देश्यले सन् नोभेम्बर १, १८१४ मा अङ्ग्रेजले नेपालमा हमला गरेकाे थियाे । जुन एङग्लो-नेपाल युद्ध वा नेपाल‍-अङ्ग्रेज युद्धका नामले पनि चिनिन्छ । याे युद्धकाे समयमा नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाह थिए । इस्ट इन्डिया कम्पनीले आफूले मागेका भूभाग नदिए नेपालमा आक्रमण गर्ने पत्र पठायाे । पत्र प्राप्त भएपछि तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले  इस्ट इन्डिया कम्पनीसँग स्वाभिमानका लागि भए पनि नेपालले युद्ध गर्ने जनाए । नेपाल र इस्ट इन्डिया कम्पनीबिच यद्ध भयाे । नेपालले युद्धमा हार बेहाेर्नु पर्याे । पछि नेपाल र अङग्रेजबिच सन्धि भयाे । यो सन्धि सुगौलीमा भएको कारण यसलाई सुगाैली सन्धिको नाम दिइएको थियो । यस सन्धिअनुसार नेपालले सिक्किम, कुमाउँ,गढवाल र पश्चिम तराईका केही भाग इस्ट इन्डिया कम्पनीलाई दिनु पर्ने  भयो । नेपालले यो युद्ध हारे पनि सुगौली सन्धिको कारण अङ्ग्रेजहरूले हाम्रो देशमा शासन गर्न सफल भने भएनन् । अङ्ग्रेजले नेपालमा शासन गरेको भए के हुन्थ्यो होला ? यदि अङ्ग्रेजले नेपालमा शासन गरेको भए केही राम्रा कुरा र केही नराम्रा कुरा हुन्थे । पहिलो कुरा  त नेपालमा राणा शासन हुदैँनथ्यो । राणा वंश जसले वि. सं १९०३ देखि  वि. सं २००७ सम्म नेपालमा शासन गरेको थियो । इस्ट इन्डिया कम्पनीको अर्को उद्देश्य आफ्नो साम्राज्य विस्तार गर्नु पनि थियो । यो विस्तारको कारण नेपालका मुख्य भूभाग अङ्ग्रेजहरूले नियन्त्रण गर्ने थिए । मुख्य भूभागहरू अङ्ग्रेजहरूले नियन्त्रणमा लिएका भए राणाहरूकाे उदय हुँदैनथ्याे । अर्को कुरा भनेको नेपालले आफ्नो सबै भूभाग गुमाउँथ्यो । अर्को कुरा भनेकाे नेपालको भाषा अङ्ग्रेजी हुन सक्थ्याे । यति मात्र नभएर, नेपालका सरकारी विद्यालयमासमेत अङ्ग्रेजी भाषालाई  प्राथमिकता दिइन्थ्यो । अरू कुराहरू के हुन्थे भने नेपाल पक्कै पनि अहिलेकाे भन्दा विकसित हुन्थ्यो ।