Logo

Student Corner

चुनाव र विद्यालयको गाडी

Written by: Sambid Dhakal - 30028, Grade V

Posted on: 26 May, 2022

चुनावका कारण धेरै प्रतिशत मानिसहरूको चुरीफुरी निकै बढिरहेको थियाे । धेरै जना मानिसहरू आफ्नो गाउँ भाेट हाल्न गरिरहेका थिए रआफूलाई मनपर्ने पाटीलाई भाेट हाल्छन् नै । तपाईंहरू पनि भोट हाल्ने हो भने  हाम्रोलाई होइन राम्रोलाई छान्नुहोस्। बुधबारको दिन थियो। म विद्यालय जान भनेर  हतार हतार हिँडिरहेको थिएँ । बाटाेमा म चिप्लेर लडेँ । मलाई दुखेको पीडा थिएन। म हतार हतार हिँडिरहेको थिएँ । फेरि लड्छु कि भन्ने डरले म अलिक बिस्तारै  हिँडे। बल्ल तल्ल  म र मेरो बाबा राधे राधे चाेकमा पुग्याैँ। राधे राधे चाेकमा पुग्नेबित्तिकै मेरो सातो उड्यो। किनभने त्यहाँ  भोट हाल्न मान्छेको घुइँचो थियो।  अर्को कुराले पनि अचम्म परेँ।  विद्यालय जाने  गाडी त  आएकै रहेनछ।  त्यसपछि बाबाले  गुरुजीलाई फोन गर्नुभयो  तर उहाँ त कोटेश्वरमा   पाे हुनुहुँदो रहेछ। मैले मनमनै सोचेँ  अरूबेला ७ः३०मा आउने गाडी आज ८ः३०मा आँउछ जस्तो छ। उता भोट हाल्न जाने मान्छे  गाडी नआएर छटपटाइरहेका थिए। कोहि झोलामै बसिरहेका थिए भने बच्चाहरू चाहिँ आलु चिप्स खाइरहेका थिए। मेरो विद्यालयको गाडी बल्ल आइपुगेकाे थियो। तर गुरुजीलाई चाँहि हामी  गइसकेका छाैँ भन्ने लागेछ।  त्यसैले उहाँ   एस एस चोकमा पुगिसक्नुभएको थियो। त्यसपछि बाबाले तुरुन्त फाेन गर्नुभयो र गुरुजीले  एकछिन  रोक्नुभयो।  बाटोमा एउटा अंकलले  विद्यालयको गाडी सम्म पुर्‍याइदिनु भयो। हामीले उहाँलाई धन्यवाद दियौं।  त्यसपछि म स्कुलकाे बसमा चढेँ। आज गाडी ढिलाे  भएका कारण  धेरैजना आउनुभएको थिएन।

विद्यालय आउँदा प्रार्थना सभा  सकिसकेको थियो।

हरि सरले अरूलाई रचना लेखन गराउँदै हुनुहुँदोरहेछ  मैले पनि एउटा रचना लेखेँ  शीर्षक थियो चुनाव र  विद्यालयको गाडी।