Logo

Student Corner

कुकुर

Written by: Sushant Pokharel - 32020, Grade III

Posted on: 26 May, 2022

मलाई धेरै जनावरहरू मन पर्छ । ती मध्ये पनि मलाई कुकुर धेरै नै मन पर्छ । कुकुर घरपालुवा जनावर हाे । कुकुर विभिन्‍न रङका हुन्छन् । त्यसैगरी कुकुरका प्रजातिहरू पनि धेरै थरीका हुन्छन् । कुकुरका २ वटा लामा लामा कान र एउटा लाम्चाे आकारकाे मुख हुन्छ । कुकुरकाे पुच्छर केही घुम्रीएकाे हुन्छ । याे सर्वभंक्षी जनावर हाे । यसले राेटी, बिस्कुट, दुध भात र मासु खान्छ । कुकुरले घरकाे सुरक्षा गर्छ । कुकुरला‍ई इमान्दार जनावर पनि भनिन्छ । नचिनेकाे मानिसलाई कुकुरले भुक्छ र कहिलेकाहीँ टाेक्न पनि सक्छ । त्यसैले कुकुर मानिसकाे साथी भएता पनि कुकुरबाट सावधान भने रहनु पर्छ ।