Logo

Student Corner

प्रविधि मानिसका लागि कति उपयाेगी ?

Written by: Smriti Lama - 25015, Grade X

Posted on: 25 May, 2022

प्रविधिले आजका मानिसलाई धेरै कुरा सिकाएकाे छ । फाइदाहरू दिएको छ र धेरै कुराहरू पनि सिकाएको छ जसको बारेमा हामीलाई थाहा थिएन । प्रविधिको कारणले गर्दा हामी हाम्रो काम सजिलै र छिटो पूरा गर्न सक्ने भएका छाैँ । यसले विश्वभरका धेरै मानिसको जीवन पनि बचाउन पनि सहयाेग गरेकाे छ । अहिलेका नयाँ पुस्तामा प्रविधि हरेक मानिसको जीवनमा जाेडिएकाे छ । ढुङ्गाका औजारहरूकाे आविष्कार र प्रयाेग लाखाैँ वर्षअघि भएको थियो । सूचना प्रविधिले मानिसका हरेक कार्यकलाप सहज बन्दै गएका छन् । एकपछि अर्काे नयाँ नयाँ आविष्कार भइरहेका छन् । टेलिफोनबाट आइफोन, स्टोभदेखि ओभन जस्ता उपकरणहरूकाे आविष्कार भइरहेका छन् । हाल प्रविधिले मानिस मानिसबिचकाे सम्बन्धलाई बलियो बनाउन मद्दत पनि गरेको छ । 

आजकाल मानिसहरू आफ्नो धेरैजसो समय भर्चुअल रूपमा बिताउने बानी परेका छन् । भर्चुअल संसारमा आफ्नो अधिकांश समय बिताउने मानिसहरूको मानसिकता र जीवनशैली फरक हुन्छ । उनीहरूकाे साेचाइ पनि फरक हुनसक्छ । तिनीहरू चाहन्छन् कि तिनीहरूले सामाजिक सञ्जाल वा अरू कतै देखे जस्तै सबै कुरा सही होस् । यसले तिनीहरूलाई वास्तविक संसारबाट टाढा लैजान्छ। यस्ता मानिसहरू सामाजिक सञ्जाल र चलचित्रहरू हेर्दा सबै कुरा सही हुने आशा गर्छन् । विद्यार्थीहरू पनि अधिकांश समय आफ्नो कोठाभित्रै बिताउँछन्। बाहिर भइरहेका परिस्थितिहरूको तिनीहरूले वास्ता गर्दैनन् । तिनीहरू अनलाइन कक्षाहरूमा भिडियो गेमहरू पनि खेल्न सक्छन् । तिनीहरू बिस्तारै आफ्ना साथीहरू र परिवारहरूसँग समय बिताउन मन पराउँदैनन् । 

आजकाे प्रविधिले मानिसलाई कुनै न कुनै रूपमा असर पनि गरेकै छ । तिनीहरू केवल दिनभर आफ्नो मोबाइल फोन प्रयोग गर्छन् । धेरै अभिभावकहरू पनि फेसबुक म्यासेन्जरमा समय बिताउने बानी परेका छन् । उनीहरू पनि बिस्तारै यसको लतमा फसेका छन् । बिस्तारै आफ्नो जिम्मेवारी बिर्सदैँ छन् । प्रविधिकाे प्रयाेग कसरी र कति गर्ने यसबारे हामी सचेत पनि हुनुपर्छ । यसकाे प्रयाेगबाट हामीले धेरै कुरा सिक्न पाउँछौँ । प्रविधिले हाम्रो जीवनलाई सजिलो  बनाउनुका साथै मनोरञ्जन पनि प्रदान गरेकै छ । यसैले यसकाे उचित सदुपयाेग गराैँ ।