Logo

Student Corner

खाना पकाउनु लैङ्गिक भूमिका नभई जीवनको सिप हो

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 24 May, 2022

खाना पकाउने र सरसफाई गर्न सबैले सिक्नुपर्ने सिपहरू हुन् । स्वच्छ हुनु आधारभूत आवश्यकता नै हो, त्यसका लागि लैङ्गिक भूमिका छैन । केही समय पहिले खाना पकाउने एक प्रकारको सिप मात्र महिलाहरूलाई थाहा हुनुपर्छ भन्ने मान्यता थियाे । जुन युगमा हामी बाँचिरहेका छौँ, खाना पकाउने कामलाई महिलाको कामका रूपमा लिइन्छ । तर अब पुरानाे साेचाइमा परिवर्तन भएको छ । 

समय परिवर्तन भएसँगै मानिसको जीवनशैली पनि परिवर्तन भएको छ। महिला र पुरुष घर या अफिसकाे कामले दुवै थकित हुन्छन् । सधैँ खाना पकाउनु महिलाको मात्र काम होइन । अहिलेकाे युगमा हामी महिलाले माऋ सबै काम गर्ने आशा गर्न सक्दैनौँ । समाजले सधैँ महिलाको भूमिका परिभाषित गर्ने प्रयास गर्छ । परिवारमा सबैले घरको काम बाँडफाँड गर्नुपर्छ । घरकाे काममा बच्चाहरूले पनि आफूले सक्ने काममा मद्दत गर्नुपर्छ । एउटी महिलाले कुनै ठाउँमा काम गरेर घर आएपछि पनि खाना पकाउने सरसफाइलगायत घरका सबैजसाे काम गर्नुपर्छ । तर पुरुषले कार्यालयबाट घर आएर श्रीमतीलाई घरकाे काममा सहयाेग गरेकाे र महिलाले गर्ने काम पुरुषले गरेकाे हामी बिरलै देख्छाैँ  । परिवारमा आपसी समझदारी हुनुपर्छ। हरेक कामलाई समान रूपमा बाँड्नुपर्छ । खाना पकाउने र सफा गर्ने दुई आवश्यक सिपहरू हुन् जुन महिललाई मात्र नभएर पुरुषलाई पनि जीवनमा उपयाेगी कुरा हाे । हामीलाई हाम्रो दैनिक जीवनमा चाहिने सिप पनि हाे । हाम्राे नेपाली समाजले यो एउटा व्यक्तिको काम मात्रै हो भन्ने साेचाइ  परिवर्तन गर्नुपर्छ। बालबालिकाहरूलाई पनि लैङ्गिक असमानताबारे सिकाउनुपर्छ । नेपाली समाजमा केटीहरू केटाहरूभन्दा बढी संवेदनशील जिम्मेवार हुनुपर्छ भन्ने मान्यता छ । सानै उमेरदेखि नै केटाहरू केटीहरूभन्दा बढी स्वतन्त्र हुन्छन् । उनीहररूका कमी कमजाेरी लुकाइन्छन् । त्यही कमी कमजाेरी केटीका भए भने देखाइन्छन् । यो हाम्राे  समाजकाे यथार्थता हाे । परिवारमा केटालाई कहिलेकाहीँ एक्लै घरबाहिर खेल्न जानअनुमति दिइन्छ तर केटीलाई खाना पकाउने र घर सफा गर्ने कामहरू लगाइन्छ । यस्ता सोचहरूले नै समाजको विकास हुन सकेको छैन । जसरी पुस्ता बदलिँदै छ; त्यसरी नै हामीले हाम्रो मानसिकता परिवर्तन गर्न सिक्नुपर्छ। अन्त्यमा, यो सत्य हो कि खाना पकाउनु र घर सफा गर्नु जीवनमा सिकेको सिप हो; लैङ्गिक भूमिका होइन।