Logo

Student Corner

बिदाकाे समय

Written by: Ruhjen Jung Khadka - 32014, Grade III

Posted on: 24 May, 2022

बिदा हामी सबैलाई मन पर्छ । झन् वार्षिक परीक्षा सकिएपछिकाे बिदा अझै रमाइलाे लाग्छ किनभने त्यसबेला धेरै दिनकाे बिदा हुन्छ । मेराे कक्षा २ काे वार्षिक परीक्षा सकिएपछि १५ दिनकाे बिदा थियाे । त्याे समयमा मैले मेराे परिवारका सदस्यहरू र साथीभाइहरूसँग धेरै रमाइलाे गरेँ । त्यतिबेला मेराे मामाकाे विवाह परेकाेले मैलेे विवाहमा जाने अवसर पनि पाएँ र २,३ वटा भाेज खाने अवसर पनि पाएँ । आमाले मलाई नयाँ लुगा किन्‍नकाे लागि बजार र महलहरू घुमाउनुभयाे । सानीमासँग जम्प केटिएम (Jump KTM) जाने माैका पनि पाएँ । साँझ परेपछि साथीहरूसँग फुटबल खेल्ने पनि गर्थेँ । आमालाई गमलाका फूलहरूमा पानी हाल्न सहयाेग गर्थेँ । आफ्नाे पढ्ने समयमा पढ्ने गर्थेँ । मामाघर गएर मामासँग रमाइलाे गर्दै सिनेमाहरू पनि हेरेँ । यसरी छुट्टीकाे समय मैले रमाइलाेसँग परिवार र साथीहरूसँग बिताएँ ।