Logo

Student Corner

पुस्तकालय

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 02 May, 2022

मानिसलाई खान, लगाउन, बस्न जस्ता कुराहरू अति आवश्यक हुन्छ । यी कुराहरू आवश्यक भए झै शिक्षा र ज्ञान प्राप्त गर्नका लागि पुस्तकालय पनि धेरै आवश्यक छ। अहिलेको युगमा सबै मानिसले 

शिक्षा हासिल गर्नु महत्त्वपूर्ण छ। शिक्षाबाट मानिसले विभिन्न विषयका बारेमा ज्ञान लिन सक्छन् । जसरी विदयालय, कलेज आदिबाट मानिसले ज्ञान प्राप्त गर्न सक्छन् त्यसरी नै पुस्तकालयबाट पनि मानिसले विभिन्न विषयको बारेमा ज्ञान प्राप्त गर्न सक्छन्।  पुस्तकालय  दुई शब्द ‘पुस्तक’ र ‘आलय’ जोडी बनियको हो। पुस्तकहरू राखिएको वा रहने ठाउँलाई पुस्तकालय भनिन्छ। पुस्तकालयलाई अरू थुपैै नाम दिएका छन् जस्तै पुस्तकाघर, पुस्तकखाना, र पुस्तकागार। पुस्तकपसलमा पुस्तकहरू बिक्री हुन्छ तर पुस्तकालयमा किताब बिक्रीको लागि राखिएको हुदैन। त्यहाँ पुस्तकहरू पढ्नको लागि मात्र राखिएका हुन्छन्। पुस्तकालय ज्ञान फैलाउने ठाउँ हो र त्यहाँबाट मानिसले धेरै ज्ञान हासिल गदछ। ज्ञानको खानी मानिने धेरै मूल्यवान पुस्तकहरू पुस्तकालयमा हामीले फेला पार्न सक्छौं, र पढ्न सक्छौं। हामीले बजारमा किन्न सक्ने पुस्तकहरू हामी पुस्तकालयमा पढ्न सक्छौं र हामीले बजारमा भेट्टाउन नसक्ने पुस्तकहरू पनि हामीले पुस्तकालयमा पाउन सक्छौं। पुस्तकालयमा एउटा विषयको मात्र नभएर अरु विषयका पुस्तकहरू पनि राखिएको हुन्छ। त्यहाँ साहित्य, इतिहास, धर्म-संस्कृति कला, भूगोल, विज्ञान, आदि सबै पुस्तकहरू पाइन्छ। अझ साहित्यका पनि कविता, कथा, उपन्यास, नाटक, निबन्ध, जीवनी जस्ता विधाहरू पुस्तकालयमा पाइन्छ। यसरी मानिसहरूले आफूले चाहेको पुस्तक सजिलै सँग पुस्तकालयमा फेला पार्न सक्छन् र पढ्न सक्छन्। पुस्तकालय दुई खालका हुन्छ निजी पुस्तकालय र सार्वजनिक पुस्तकालय। निजी पुस्तकालयभनेको कुनै व्यक्तिले आफ्ना लागि बनाएको पुस्तकहरूको कक्ष हो र यस पुस्तकालयमा सबै जना गएर पढ्न पाउँदैनन्। सार्वजनिक पुस्तकालय भनेको सबैले पढ्न पाउने गरि सञ्चालन गरिएको पुस्तकालय हो। यस्ता पुस्तकालयमा सबै किसीमका पुस्तकहरू पाइन्छ। हाम्रो देशमा धेरै सार्वजनिक पुस्तकालय स्थापना भएका छन्। काठमाडौंमा कैसर पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय जस्ता धेरै पुस्तकालयहरू स्थापना भइ सञ्चालन भइरहेको छ। नेपालका पोखरा, विराटनगर, धरान, नेपालगन्ज जस्ता ठाउँहरूमा पनि धेरै पुस्तकालयहरू सञ्चालित छन्। हामीले पुस्तकालयबाट धेरै फाइदा लिन सक्छौं। यहाँबाट विभिन्न विषयको बारेमा ज्ञान लिन सकिन्छ । पुस्तकालयको सहयोग बिना कुनै पनि विषयमा अनुसन्धान गर्न काम सम्भव हुदैँन। मानिले अध्ययन गर्नका लागि स्कूल, कलेज र पुस्तकालय महत्त्वपूर्ण ठाउँहरू हो। हामीले नेपालमा थप पुस्तकालय स्थापना गरी संरक्षण गर्नुपर्छ।