Logo

Student Corner

नेपाल

Written by: Avi Thapa - 30008, Grade V

Posted on: 02 May, 2022

हाम्राे देशकाे नाम नेपाल हाे । नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा धनी देश हाे । यहाँका वन,खाेलानाला, ताल,झरनाले यसकाे सुन्दरता बढाएकाे छ । यहाँकाे संस्कृतिमा झनै विविधता छ । काठमाडाैँ यसकाे राजधानी हाे । काठकाडाैँलाई मन्दिरै मन्दिरकाे सहर पनि भनिन्छ । धेरै जातजातिकाे बसाेबास रहेकाे नेपालमा धेरै भाषाहरू रहेका छन् । यिनै प्राकृतिक र सांस्कृतिक सम्पादालाई नजिकैबाट नियाल्न वर्षेनी धेरै पर्यटकहरू यहाँ आउँछन् । नेपालकाे ढिँडाे र गुन्द्रुक खान र रमणिय ठाउँहरू घुम्न सबै लालायित हुन्छन् । यसका चीन र भारत छिमेकी राष्ट्र हुन् ।  नेपालमा ७७ वटा जिल्लाहरू छन् । यस देशमा ७ वटा प्रदेश छन् । भाैगाेलिक रूपमा हिमाल,पहाड र तराइ गरी तिन प्रदेश रहेकाे हाम्राे देशमा अझ धेरै विकाश गर्न बाँकी छ ।