Logo

Student Corner

नेपाल

Written by: Ritvik Bhandari - 31039, Grade V

Posted on: 02 May, 2022

 नेपाल एउटा सुन्दर देश हो । नेपालको राजधानी सहर काठमाडौँ हो । नेपाल धेरै भाषा, संस्कृति, कला भएकाे देश हो । नेपालमा विभिन्न मानिसहरू बसोबास गर्दछन् । यहाँ हिन्दु नेवारी क्रिश्चियन मुसलमान आदि विभिन्न धर्म तथा जातजातिका मानिसहरू बसोबास गर्दछन् । नेपालको राष्ट्रिय चरा डाँफे हाे । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । नेपाल भारत र चाइनाको बिचमा पर्छ । नेपालको सिमाना पनि चाइना र इन्डियासँग जोडिएको छ । नेपालको सम्बन्ध सबै देशहरूसँग राम्रो रहेको छ ।  नेपालमा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । नेपालमा विभिन्न किसिमका जनावर, चराचुरुङ्गी पाइन्छन्। यहाँ असाध्यै राम्रा फूलहरू पनि पाइन्छन् । यहाँ धेरै गाउँहरू अनि केही सहरहरू पनि छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै छ। म नेपाली हुन पाएकोमा अत्यन्त खुसी छु । मेरो देश मलाई धेरै प्यारो लाग्छ।