Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Pratyush Lohani - 31019, Grade V

Posted on: 29 April, 2022

 मातातीर्थ औँसी प्रायः वैशाख महिनामा पर्दछ । यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा पनि लिइन्छ । जन्मदिने आमालाई सम्मान र आदर गर्दै यस दिन खुसियाली पूर्वक मनाइन्छ । यस दिनमा आमालाई मन पर्ने मिठाई, खानेकुरा, कपडा, फलफूल आदि दिने गरिन्छ । आमा नहुने मानिसहरूले आफ्नी आमाको सम्झनामा श्राद्ध गरेर आमालाई मन पर्ने कुराहरू दान गर्ने प्रचलन छ । यस दिनमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्दछ । नेपाल तथा इन्डियाबाट धेरै मानिसहरू मातातीर्थ मन्दिरमा आएर दर्शन गर्ने गर्छन् । सामान र पैसा पनि दान गर्ने गर्दछन् । आमालाई आदर र सम्मान प्रत्येक दिन गरिन्छ तैपनि यस दिनलाई विशेष दिनको रूपमा मनाइन्छ । मैले पनि मातातीर्थ औँसी मनाउने गरेको छु । यस वर्ष पनि आमाका लागि आफैँले कार्ड बनाएको छु । यस दिन मनाउनका लागि मलाई बाबाले सहयोग गर्नुभएको छ । आमाको लागि नयाँ कपडा किनेर ल्याएको छु । ‘मातृदेवो भवः’ आमालाई सधैँ माया र सम्मान गरौँ ।