Logo

Student Corner

गाई

Written by: Rachit Bhattarai - 31021, Grade IV

Posted on: 27 April, 2022

गाई  एउटा घरपालुवा जनावर हो । गाई हाम्रो समाजमा परापूर्वकालदेखि नै पाल्ने चलन चल्दै आएको छ । गाईको बारेमा घरमा आइपर्ने सङ्कटहरू हटेर जाने र कुनै वास्तुदोष छ भने पनि आफै अन्त्य हुने जनआस्था रहेको छ । गाई हाम्रो देश नेपालको राष्ट्रिय जनावर हो । गाई एउटा पूज्य पशु हो । याे गुनिलो जनावर हाे । गाईलाई हिन्दु धर्ममा पवित्र पशु अनि गौमाता मानिन्छ । गाई दान सबैभन्दा ठुलो पुण्य दान मानिन्छ र हत्यालाई महापाप मानिन्छ । गाई नेपालको सबै क्षेत्रमा पाइन्छ । गाई धेरै प्रकारका हुन्छन् । सामान्यतया गाईको ठुलो शरीर, लामो पुच्छर, चारवटा खुट्टा,  दुईवटा आँखा, कान र सिङ हुन्छन् । गाईकाे  एउटा मुख अनि नाक हुन्छ ।