Logo

Student Corner

एक थोपा पानीजस्तै हाम्रो जीवनको महत्त्व

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 26 April, 2022

भनिन्छ कि एक एक थोपा पानी मिलेर समुद्र बन्छ,

त्यस्तै हाम्रो जीवनको एक एक क्षणले हामीलाई अगाडि बढाउँछ,

मौका अनेकौँ आए पनि लक्ष्य हुन्छ एक

जति नै कठिन परिस्थिति आए पनि समाधान हुन्छ एक ।   


 

आउँछन् अनेकौँ साथी, कोही सुरुमै छोडेर जान्छन्,

कोही आफ्नो फाइदाका लागि पुरानो नाता तोडेर जान्छन्,

कोही हुन्छन् सँगसँगै साथ दिने

कोही हुन्छन् बिच बाटामै घात दिने । 


 

कोही हुन्छन् पानीजस्तै सफा मन भएका

कोही हुन्छन् त्यही पानीलाई दुषित बनाउने तन भएका   

कोही हुन्छन् समस्याहरूले बाँधिएका

कोही हुन्छन् तिनै समस्यालाई सुल्झाउन आत्तिएका । 


 

आफ्नो एउटा असफलतामा रोएर नबस्नू कहिले

कुनै बेला तिम्रो भाग्य चम्किन्छ, सफलताको शिखरमा जहिले  

आमाबुबाको मानको सबाल त छँदै छ, 

तर पैसा कमाउने चक्करमा आफ्नो जीवनलाई लुटाउन नखोज कहिले ।