Logo

Student Corner

औषधिजन्य जडीबुटीको प्रयाेग

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 25 April, 2022

औषधिजन्य जडीबुटी ती औषधिहरू हुन्, जुन बोटबिरुवाका सामग्रीहरूबाट बनाइन्छन् । औषधि बनाउन बिरुवाका विभिन्न भागहरू प्रयोग गरिन्छन्, जस्तै जरा, पात, फूल आदि । यद्यपि यी औषधिहरू प्राकृतिक भएर पनि यिनीहरूले अझै पनि तपाईंको शरीरमा केही साइड इफेक्ट गर्न सक्छन् ।

आजकल हर्बल औषधिहरू धेरै लोकप्रिय हुँदै गइरहेका छन् किनभने मानिसहरू हर्बल औषधि प्राकृतिक र सुरक्षित छन् भन्ने सोच्छन् । विज्ञान र उद्योगले बनाएका औषधिहरू नाफा कमाउनका लागि बनाइन्छन् र जनताका लागि जोखिमपूर्ण हुन्छन् भन्ने मानिसलाई लाग्छ तर यो विश्वास गलत छ । विज्ञानले बनाएका औषधिहरू महँगा भए पनि ती औषधी बनाउनका लागि आवश्यक अनुसन्धानको मात्राले गर्दा ती धेरै सुरक्षित हुन्छन् र राम्ररी काम गर्छन् ।

हर्बल औषधिहरूले प्रभाव पार्न वैज्ञानिक औषधिहरूले भन्दा धेरै समय लिन्छन् । ती औषधिजन्य जडीबुटीहरूमाथि पनि राम्ररी अनुसन्धान गरिएको छैन । हर्बल औषधिहरूमा भएका सामग्रीहरूले केही मानिसहरूमा एलर्जीजन्य प्रतिक्रियाहरू निम्त्याउन सक्छन् । यदि व्यक्तिलाई कुनै गम्भीर रोग छ भने यी औषधिहरू बेकार छन् । औषधिजन्य जडीबुटीहरूले मानिसहरूलाई राहतको झुटा भावना मात्र दिन्छन् र यदि व्यक्तिहरू पहिले नै औषधि लिइरहेका छन् र तिनीहरूले औषधिजन्य जडीबुटी खान्छन् भने ती औषधिजन्य जडीबुटीहरूकाे पहिलेदेखि सेवन गरिरहेकाे औषधिका साथ नकारात्मक प्रतिक्रिया हुन सक्छ । 

यदि कुनै व्यक्ति कुनै रोगबाट पीडित छ भने उसले डाक्टरकहाँ जानुपर्छ । तिनीहरूले प्रदान गर्ने औषधिहरू धेरै प्रभावकारी र सुरक्षित छन् । हर्बल औषधिहरू केही साना केसहरूका लागि मात्र राम्रा छन् । औषधिजन्य जडीबुटीहरू गम्भीर रोगहरूमा प्रयोग गर्नु हुँदैन किनभने तिनीहरूको राम्रोसँग अनुसन्धान गरिएको छैन र यिनीहरूले कुनै पनि सकारात्मक प्रभाव देखाउन धेरै समय लाग्छ ।