Logo

Student Corner

नशा

Written by: Pratyush Chapagain - 23033, Grade XI

Posted on: 25 April, 2022

आज मलाई के भयो कुन्नि ? शरीरमा नसामा नशा चढिरा’छ, 

जब जब मनले तिमीलाई सम्झन्छ, नशा अझै बढिरा’छ,  

यो नशा कस्तो होला ? बढ्दा बढ्दा पुरै डुबिसकेँ, 

अब यो नशा घट्दैन, त्यति कुरा त बुझिसकेँ । 


 

अचम्मको नशा रे’छ, जता गए पनि छाेड्दैन मलाई 

यो नशाले मलाई मात्र होइन, पक्कै छाेएको छ सबैलाई 

सोच्दा सोच्दै अबेर भयो, थाहा भएन नशा केको रहेछ, 

बरन्डामा गएर बस्दा थाहा भो, यो नशा त प्रकृतिको पो रे’छ ।