Logo

Student Corner

मुद्रास्फीति

Written by: Arya Tharu - 22006, Grade XII

Posted on: 22 April, 2022

मुद्रास्फीति र बेरोजगारी समकालीन समाजमा सबैभन्दा बढी चर्चा हुने दुई शब्द हुन् ।  अहिलेको समयमा हेर्दा सबै किसिमका समानहरूको मूल्य तीव्र गतिले बढिरहेको छ, चाहे त्यो पेट्रोल, डिजेल होस्, कि त त्यो खाना पकाउने तेल होस् । यी अहिले हाम्रो देशका सबैभन्दा ठुला समस्या हुन् । हामी सबैलाई मुद्रास्फीति भनेको त थाहा नै छ तर यसलाई परिभाषित गर्नुपर्दा मुद्रास्फीति भनेको कुनै निश्चित समयावधिमा वस्तु र सेवाको मूल्य वृद्धि हुनु हो । सामान्य स्तर वा औसत रूपमा मूल्य बढ्नु वा महँगाइ बढ्नु हो ।

 साधारण रूपमा बुझ्नुपर्दा १ - २ साल विगत अगाडि रु. १५ पर्ने वाई वाई चाउचाउ अहिले मुद्रास्फीतिका कारण रु. २० पर्छ । जब मुद्राले मूल्य गुमाउँछ, वस्तु र सेवाहरूको मूल्य बढ्न जान्छ, जुन कारण कम वस्तु र सेवाहरू खरिद हुन्छन् । यस कारण किन्ने क्षमता कम हुन्छ, जसले गर्दा आम जनताको जीवनयापनलाई प्रत्यक्ष रूपले असर गर्दछ र अन्ततः आर्थिक वृद्धिमा मन्दी निम्त्याउँछ ।


जब अर्थव्यवस्थामा अतिरिक्त माग बढ्छ, तब कुनै पनि समानको उत्पादन लागत वृद्धि हुन्छ र मुद्रा आपूर्तिमा द्रुत वृद्धि, त्यसले मुद्रास्फीति बढाउने काम गर्छ । प्राकृतिक प्रकोप, युद्धजस्ता घटनाले उत्पादनलाई अवरोध गर्छ र यसै कारण पनि महँगाइ बढ्ने गर्दछ । बढ्दो आयात मूल्यले पनि मुद्रास्फीतिलाई ठुलो असर गर्छ ।

 

मुद्रास्फीतिले देशको अर्थतन्त्रलाई वस्तुको मूल्य समायोजन गर्न मद्दत गर्छ भने अर्को पक्षमा राज्यको विकास तथा राजनीतिक र सामाजिक विकासका लागि हानिकारक छ । मुद्रास्फीतिले राज्यको सम्पत्तिको वितरण अनुचित रूपमा निम्त्याउँछ, जहाँ धनी व्यक्ति झन् धनी हुँदै जान्छन् भने गरिब व्यक्ति झन् गरिब हुँदै जान्छन् । उनीहरूले आफ्नो जीवनको स्तर कहिले बढ्दैन ।

 

अत: मुद्रास्फीतिले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूलाई असर गर्छ । यसले साना बच्चादेखि वृद्धसम्मका सबै मानिसलाई असर गर्छ । यसको उत्पादनका क्षेत्रमा, सामाजिक क्षेत्रमा,  मौद्रिक नीतिमा, राजनीतिकलगायतका सबै क्षेत्रमा ठुलो प्रभाव रहेको छ ।