Logo

Student Corner

जीवन

Written by: Asim Paudel - 23013, Grade XI

Posted on: 22 April, 2022

कहिले उज्यालो किरणले ल्याएको हाँसो

त कहिले अन्धकारमय दुःखको बाढी

के हो यो भनेर म सधैँ सोचमा पर्छु,

अन्तिममा यही जीवन हो भनेर छोड्छु ।


 

कहिले यसले हामीलाई सुखको अनुभव गराउँछ, 

त कहिले रुन पनि सिकाउँछ,

मलाई यसले सधैँ त्यसको सोचमा डुबाउँछ,

र म सोच्छु, यसको उत्तरको सूर्य कहिले उदाउँछ ?


 

आफ्नो जीवनको कारण म सधैँ खोज्ने प्रयत्न गर्छु,

तर यो सपना हो कि साँच्चैकै जीवन हो ? म अन्योलमा पर्छु,

आफ्नो जीवनको भविष्यको म चिन्ता गर्दिनँ,

तर आफ्नो कर्मलाई सर्वोपरि राख्ने गर्छु ।