Logo

Student Corner

हुन्छ र ?

Written by: Manisha Gurung - 22030, Grade XII

Posted on: 21 April, 2022

छुटेकाे मान्छेको नि पछि मिलन हुन्छ भन्छन्,

तर खै टुटेको मनको पनि मलम पट्टी हुन्छ र ?

बोलेको शैलीले मन दुखेसरि भनौँला नि भन्छौ,

तर के वचनले घोचेको घाउको औषधि पनि हुन्छ र ?

वाचा कसम गरेर पनि मानिस चटक्क छोडेर जान्छन्,

तर के कसम र विश्वासको पनि खेल हुन्छ र ?


 

झुटैझुटको सम्बन्धमा साँचो बोल्नुपर्छ भनेर ज्ञान दिन्छन्,

तर के त्यो साँचो र आफूभित्रको सच्चाइकाे कदर हुन्छ र ?

विश्वासको मतलब थाहा नहुनेहरू मलाई भरोसा गर भन्छन्,

तर के त्यो गरेको विश्वासको सम्मान त्यहाँ हुन्छ र ? 


 

धन र पैसाको आडमा मानिस माया किन्न खोजिरहेको छ,

तर के त्यो धनाड्यलाई मायाको अर्थ थाहा हुन्छ र ?

आज एउटासँग देखेको मान्छे भोलि अर्कोसँग देख्छु,

साँच्चै के साँचो माया पनि असारे भेल हुन्छ र ?


 

हुन त छुटेकाे मान्छेको पनि पछि मिलन हुन्छ भन्छन्

तर खै टुटेको मनको पनि मलम पट्टी हुन्छ र ?