Logo

Student Corner

मेरो माया तिम्रा लागि

Written by: Subham Regmi - 22014, Grade XII

Posted on: 20 April, 2022

चाह त थियो, 

तिमीलाई आफ्नाे बनाउने

तर थाहा थियो, 

यो सम्भव छैन भनेर

चाहना त थियो, 

तिमीसँग जुनी कटाउने

तर थाहा छ, 

मानिसले आफ्नाे औकातभन्दा ठुलो चाहना 

राख्नु हुँदैन भनेर ।


 

मायाको कुरा के गराैँ तिमीसँग

तिमी मानिसको रङ्ग, रूप र शारीरिक बनावट हेर्ने न पर्याै,

तर थाहा छ मलाई 

तिमीमा एक दिन त्यो ज्ञान अवश्य आउँछ भनेर

अनि बुझ्छाै मायाको परिभाषा 

र अँगाल्छौ मलाई सधैँभरिका लागि 

आफ्नै ठानी ।