Logo

Student Corner

विज्ञानको इतिहास

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 19 April, 2022

विज्ञान हाम्रो जीवनमा नभई नहुने कुरा भएको छ त्यसैले यसको इतिहास जान्नु आवश्यक छ । विज्ञानको इतिहासले प्राचीन कालदेखि हालसम्मको विज्ञानको विकासलाई समेट्ने काम गर्छ । विज्ञानका सबै तीन प्रमुख भागहरू: प्राकृतिक, सामाजिक र औपचारिकलाई समेट्ने काम गर्दा विज्ञानको इतिहासको राम्रोसँग बुझ्न सकिन्छ ।

विज्ञानको उत्पत्ति प्राचीन इजिप्ट र मेसोपोटामियामा लगभग ३००० देखि १२०० इसापूर्वमा भएको अनुमान लगाउन सकिन्छ । गणित, खगोल विज्ञान र औषधीमा गरिएको योगदानले शास्त्रीय ग्रीक प्राकृतिक दर्शनलाई प्रभाव परेको देखिन्छ । यसले प्राकृतिक कारणहरूमा आधारित संसारमा हुने घटनाहरूका लागि एउटा औपचारिक स्पष्टीकरण प्रदान गर्न खोज्यो । इस्लामिक स्वर्ण युगको बेलामा हेलेनिस्टिक विश्वदृश्य संरक्षित गरिएको थियो । पश्चिमी रोमन साम्राज्यको पतनपछि ल्याटिन भाषा बोल्ने युरोपमा प्रारम्भिक मध्य युगमा ग्रीक विश्व दृष्टिकोणको बुझाइ घट्यो । १०औँ र १३ औँ शताब्दीको बीचमा ग्रीक कार्यहरूको पुन: प्राप्तिले पश्चिममा प्राकृतिक दर्शनको अध्ययनलाई पुनर्जीवित गर्यो । १६औँदेखि १७ औँ शताब्दीको युरोपमा वैज्ञानिक क्रान्तिका कारणले नयाँ विचार र आविष्कारहरू आए । त्यसबेला पूर्व ग्रीक धारणा र परम्पराहरूबाट हटेर प्राकृतिक दर्शनलाई रूपान्तरण गर्ने काम हुन थाल्यो । युरोपमा विकसित भएको नयाँ विज्ञानले थप मेकानिकल दृष्टिकोण ल्याएको थियो । त्यससँगै विज्ञान थप गणितीय रूपमा एकीकृत भयो र एउटा भरपर्दो रूप लिन थाल्यो । त्याे बेलाका नयाँ ज्ञानहरू भर्खरै परिभाषित वैज्ञानिक विधिमा आधारित थिए । त्यसपछिका शताब्दीहरूमा पनि विज्ञानमा थप क्रान्तिहरू आए । उदाहरणका लागि १८ औँ शताब्दीको रासायनिक क्रान्तिले रसायन विज्ञानलाई नयाँ विधि र मापन प्रदान गर्‍यो । ऊर्जा संरक्षण, पृथ्वीको युग र विकास सम्बन्धी नयाँ दृष्टिकोणहरू उन्नाइसौँ शताब्दीमा देखा परेको बुझिन्छ ।

बिसौँ शताब्दीका आविष्कारहरूले आणविक जीवविज्ञान र कण विज्ञानजस्ता नयाँ उपविषयहरूका लागि आधार तयार पार्यो । चार्ल्स डार्विन र अल्फ्रेड वालेसद्वारा स्वतन्त्र रूपमा तयार गरिएको ‘प्राकृतिक चयनद्वारा विकासको विचार’ विज्ञानमा सबैभन्दा प्रसिद्ध सिद्धान्त रहेको छ । सन् १८५९ मा प्रकाशित डार्विनको पुस्तक ‘द ओरिजिन अफ स्पेसिज’ मा यसको बारेमा धेरै लामो कुरा गरिएको छ । डार्विनले दाबी गरे कि प्राकृतिक प्रक्रियाहरूले लामो समयमा मानव लगायत सबै जीवित चीजहरूका विशेषताहरूलाई आकार दिन्छन् । यसको हालको रूपमा विकास सिद्धान्तले जीवविज्ञानको व्यावहारिक रूपमा हरेक पक्षमा प्रभाव पारेको छ । शुद्ध विज्ञानबाहेक अन्य क्षेत्रहरूमा विकासको निहितार्थले समाजका विभिन्न खण्डहरूबाट आलोचना र समर्थन दुवै प्राप्त गरेको छ र "ब्रह्माण्डमा मानिसको स्थान" को साझा धारणाहरूमा महत्त्वपूर्ण प्रभाव पारेको छ । दिमित्री मेन्डेलिभले जोन डाल्टनको आणविक सिद्धान्तमा आधारित रसायनशास्त्रमा तत्त्वहरूको पहिलो आवधिक तालिका स्थापना गरे । अन्य उल्लेखनीय आविष्कारहरूमा आणविक संरचनाको प्रकृतिका साथसाथै नयाँ प्रकारका खोज पनि समावेश छन् । सन् १७७६ मा प्रकाशित एडम स्मिथको ‘एन इन्क्वायरी इन द नेचर एन्ड कज अफ द वेल्थ अफ नेसन्स’ शास्त्रीय अर्थशास्त्रको आधार हो भनेर मानिन्छ । स्मिथले व्यापारवादको विरोध गरे र श्रम विभाजनको साथ स्वतन्त्र व्यापार प्रणालीको वकालत गरे र उनको ‘अदृश्य हात’ को कुरा आज संसारभरि प्रसिद्ध छ । विज्ञानको इतिहास आफैँमा मानव इतिहास हो ।