Logo

Student Corner

आमाकाे महिमा

Written by: Umanga Khatiwada - 23047, Grade XI

Posted on: 19 April, 2022

‘आमा’ शब्द सुनेपछि सबैको मनमा ममता छाउँछ,

यो शब्द सुनिसकेपछि सबैको मनले मिठो गीत गाउँछ ।  


 

आमा यस्ती देवी हुन्, जसले हामीलाई ९ महिना पेटमा राखी जन्माइन्,

आफू नखाई नखाई हामीलाई खुवाएर हामीलाई हुर्काइन् ।  


 

आफूले सबै दु:ख झेलेर हाम्रो आँखामा एक थोपा आँसु आउन दिइनन्,

भित्रबाट धेरै माया गरिन् तर अरूका अगाडि देखाइनन् ।  


 

आमा सधैँ हाम्रो बारेमा राम्रो सोच्छिन् र भन्छिन्,

तर हामीलाई लाग्छ उनले गाली गर्छिन् ।  


 

मान्छे भन्छन्, ‘भगवान् सबै ठाउँ जान नमिलेको हुनाले 

उनले आमालाई बनाएका हुन्,’

तर मेरो लागि मेरी आमा भगवान्‌भन्दा पनि ठुली हुन् ।