Logo

Student Corner

गाह्रो छ, यो संसारमा बाँच्न ।

Written by: Samrath Nakarmi - 22011, Grade XII

Posted on: 18 April, 2022

एउटा दुर्घटनाले मानिसकाे जीवन परिवर्तन गर्न सक्छ । कुनै एउटा कारकले मान्छेको भित्रको मन, मानवता सबै मारिदिन सक्छ । राम्रो मान्छे, जसले केही नराम्रो गरेको छैन, त्यसको जिन्दगी कसैले बर्बाद पार्न सक्छ । वास्तवमा मानव अति नै महान् प्राणी भनेर सुन्दै आइरहेका छौँ तर खासमा हामी मानव एक कमजोर प्राणी हाैँ ।

 

मरी मरी बाँचेका कसैलाई कसैले हेर्न पनि भ्याउँदैन र हेर्दैन पनि । लगभग मानिसकाे धेरै समय दु:खले भरिएको हुन्छ । दु:ख, पीडा, भोकले दु:खमाथि दुःख थप्दै गएकाे हुन्छ तर त्यसकाे समाधान केही हुँदैन । यिनीहरूको पीडालाई सहयोग गर्ने हात अगाडि बढेकाे देखिँदैन । हामी सबै भन्छाैँ र सुन्छाैँ पनि मानव प्राणीमध्येकाे सबैभन्दा उत्कृष्ट प्राणी हाे । मानव महान् प्राणी भए पनि उसमा निःस्वार्थ भावना भने कमै मात्रामा भेटिन्छ । एउटा कारकले मान्छेलाई आत्महत्या गर्ने चरणमा लगेको छ भने अर्कोले मान्छेलाई हत्यारा बनाउन पुग्छन् । "वर्ल्ड इज भेरी ब्युटिफ़ुल " भन्छन् सबले तर यही संसार विषले पनि भरिएको छ तर छौँ हामी यो भ्रामक संसारमा बाँच्दै । केही गर्न सक्दैनाैँ हामी किनभने हामीले आफ्नो परिवार चलाउनुपर्छ । आफ्नाे परिवारले सहयोग गर्छ पुरै दिनको दुःखलाई सहज बनाउन, हामी काेही ठुला वा महान् हैनाैँ । हामीलाई पनि माया चाहिन्छ यो संसारमा बाँच्न र अगाडि बढ्न ।


 

कति मानिस मरिरहेका छन्, लाखौँ मानिसले आफ्नाे परिवार गुमाएका छन् । अब उनीहरूलाई अघि बढ्ने सहारा को छन् ? कसले उनीहरूलाई कठिन समयमा सहयोग गर्न सक्छ ? आमाबुबा हुँदा सकिन्थ्यो राम्ररी बाँच्न । एउटा आशाको किरण दिनुहुन्थ्यो उहाँहरूले तर उहाँहरू नै यो संसार छोडेर जानुभयो भने के गर्न सक्छाैँ र हामीले ? दु:खले पोलिरहेको हुन्छ मान्छेको मन । एक किरणको आशा पनि हराएर जान्छ । अनि ऊ यस्तो चरणमा पुग्छ कि कहिले पछाडि फर्किन सक्दैन । उसकाे मन भित्रैदेखि मरिसकेको हुन्छ । कसरी बाँच्न सकिन्छ र यस्तो दु:ख बोक्दै ? कालो अन्धाकरले भरिसकेको हुन्छ एक मनिसको जीवन तर हार मान्नु सबैभन्दा ठुलो गल्ती भनेर सिकाएका छौँ हामीले तर कसरी बाँच्न सक्छ एक व्यक्ति यस्तो स्तिथिमा ?

"गाह्रो छ, यो संसारमा बाँच्न ।"