Logo

Student Corner

भोलिको देश

Written by: Abhinav Pudasaini - 23006, Grade XI

Posted on: 18 April, 2022

बिहान उठेँ र सम्झेँ आफ्नो सपना 

त्यो त केही हैन रहेछ नेपालको विपना

डर लाग्छ सोच्दै म छु यस्तो देशमा

जहाँ बलात्कारीहरू घुमिरहन्छन् खुला भेषमा ।


 

बस्न कसलाई मन छ र यहाँ ?

तर सोच्छु जाने नै हो भने जाने कहाँ ? 

तर एक छिन लाग्छ, मर्ने त हो लाग्ने के नै छ ?

तर मर्नुअघि देशका लागि केही गर्नु छ । 


 

सोच्छु, भोलिपर्सि राम्रो नेता बनेर देश सम्हाल्छु,

तर सबले भन्छन् नेता बनेपछि खुब पैसा कमाउँछु, 

बन्छु असल नेता, देखाउँछु गरेर सबलाई आफ्नो काम

तर त्यसभन्दा पहिले कमाउनु छ मज्जाले दाम ।