Logo

Student Corner

देश कता जाँदै छ ?

Written by: Abhinav Pudasaini - 23006, Grade XI

Posted on: 15 April, 2022

आज रुँदै छ मेरो मन, देख्दा देशको स्थिति 

धेरै आए, गए तर सबले बिगारे परिस्थिति 

कहिले बन्यो एमाले, कहिले काङ्ग्रेस सरकार 

सब मिलेर नेपाललाई बनाए बेकार । 


 

देश कता जाँदै छ ? थाहा छैन कसले कता लाँदै छ,

नेता भने पेटभर खाँदै छ, जनतालाई भोकै मार्दै छ, 

लाज लाग्छ सोच्दा कि म छु यस्तो देशमा

जहाँ बलात्कारी र अपराधी हिँडिरहेका छन् खुला भेषमा । 


 

दुःख लाग्छ देख्दा नेपालीहरूले छोडेर गएको आफ्नो देश

मन त कसलाई होला र ? परिस्थितिले नै पठाएको होला परदेश 

परिवार छोडी जान कसलाई मन होला र अरूको देशमा ?

मन नभए पनि के गर्नु ? केही पनि काम छैन यो देशमा । 


 

दिनदिनै सोच्छु देश कता जाँदै छ ? 

फेरि सोच्छु कसले देशलाई त्यता लाँदै छ ? 

रुनु पनि कति रुनु ? आँसु सकिइसक्यो,

बाहिर हेर्दा अर्को मान्छे परदेश लम्किस्क्यो ।