Logo

Student Corner

कविता र प्रेम

Written by: Rakshit Dahal - 22024, Grade XII

Posted on: 15 April, 2022

रातको १२ बजे 

कविता लेख्ने जाग्यो मलाई रहर 

तर मायाको खाँचोले होला, 

दिमागमा आएन उनको मुहार  

लेख्न त मन थियो,

एउटा मायाको कविता 

तर छैनन् मेरी 

जेठालालकी जस्ती बबिता ।

 

तर जसरी पनि आउनु थियो, 

उनलाई मेरो जीवनमा 

एक दिन थियो सोमबार

मैले त्यसै दिन भेटेँ आफ्नी बबिता ।


 

बोल्न त धेरै नै मन थियो, 

तर सँगै हुनुहुन्थ्यो उनकी ममी कविता

मायाको डुङ्गा चलाउनु छ उनीसँग 

बाँधिनु छ मायाको बन्धनमा

थाम्नु छ उनकाे हात 

पार्नु छ उनलाई यो दाहालको सम्बन्धमा ।