Logo

Student Corner

तिमी छौ त म छु ।

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 07 April, 2022

म कतै हराएँ भने बाटो दिन्छौ तिमी

मबाट कुनै भुल भए माफ गर्दिन्छौ तिमी

मेरो कति झुटमा साथ दिन्छौ तिमी

मेरो कति हारमा हौसला दिन्छौ तिमी ।


मेरो चोटमा रुन्छौ तिमी

मेरो खुसीमा मुस्कुराउँछौ तिमी

कुनै कुनै बेला क्रोधमा पनि आउँछौ तिमी

तर कोही पछुताएमा मन पगाल्न सक्छौ तिमी ।


कसैको महत्त्व भुझाउन सिकाउँछौ तिमी

सबैलाई एकै समानको आदर गर्न सिकाउँछौ तिमी

कसैमाथि अत्याचार भएमा 

चुप लागेर बस्न हुँदैन भनेर सिकाउँछौ तिमी ।