Logo

Student Corner

विद्यार्थी र राजनीति

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 07 April, 2022

वर्तमान समयमा आएर याे देशको गतिविधि हेर्ने हाे भने यहाँ विद्यार्थी र राजनीति एक आपसमा सम्बन्धित रहेको पाइन्छ । याे कुरा राम्रो पनि होइन र नराम्रो पनि होइन । नराम्रो होइन भन्ने अर्थमा हेर्ने हो भने विद्यार्थीले राजनीति गर्दा ऊ आफ्नो देशप्रति विचार गरेर आफ्नो खुबी र दर्शन देशप्रति कस्तो छ ? कस्तो रहनुपर्ने हो ? भन्ने कुरामा स्पष्ट हुन पाउँछ । यो राम्रो पनि होइन, कुन अर्थमा भनेको भने राजनीति नराम्रो भएर समस्या बनेको अवस्थामा विद्यार्थी केवल राजनीति गर्ने मात्र हुन जान्छ, पढ्ने व्यक्ति चाहिँ होइन ।

विद्यार्थी भन्नाले शिक्षा आर्जन गर्ने व्यक्ति भनेर चिनिन्छ । उसकाे पहिलाे कर्तव्य हुन्छ शिक्षा आर्जन गर्नु अनि मात्र देशप्रति आफ्नो दर्शन व्यक्त गर्न राजनीति गर्नु तर हाम्राे देशमा शिक्षा आर्जन कम र राजनीति धेरै हुन थालेको छ, जुन राम्रो होइन । राजनीति गर्नलाई राजनीतिका नेताहरू छन्, उनीहरू नै लड्छन्, देश बनाउँछन् । देशका लागि भन्छन् र राजनीति गर्छन् ।  यसमा विद्यार्थीहरू उनीहरूकाे पुच्छर लाग्नुहुन्न । ठिक छ, राजनीति पनि विद्यार्थीकालदेखि नै पढ्दै गएको छ र त्यसबारेमा चासो लागेको छ भने राम्रो नै हुन्छ । राजनीतिमा हामीले देखेकै छौँ, यसमा धेरै झगडा हुने गर्दछ । त्यसैले सकेसम्म विद्यार्थी र राजनीति टाढै रहनु राम्रो हुन्छ, जबसम्म विद्यार्थीले उच्च शिक्षा हासिल गर्दैन । आजभोलिकाे समयमा भने राजनीति पनि विद्यार्थीसँगै मिलिसकेको छ । विद्यार्थीकाे हकहितका लागि राजनीति गर्न सकिन्छ । विद्यार्थीको नाममा झगडा गर्नु र वर्ग स्वार्थका लागि हानाथाप गरी देशलाई बर्बाद गर्नु पनि राम्रो होइन । यसरी विद्यार्थीले शिक्षासँगै राजनीतिक अनुभव पनि लिँदै गए र देशप्रति इमानदार रहन सके विद्यार्थी र राजनीति एक आपसमा सार्थक हुन सक्ला तर राजनीति मात्र गरेर शिक्षाको वास्ता नगरेर आफ्नो सीमित स्वार्थकाे राजनीति प्रयाेग गरेर हिँड्नुभन्दा विद्यार्थी र राजनीतिलाई परै राख्नु राम्रो हो, यसर्थ विद्यार्थीले राजनीति गरेर पनि वर्तमान समयको सीमित स्वार्थका लागि निजी राजनीतिजस्तै नगरे भविष्यमा राम्रो हुने धेरै मौका छ । राजनीतिलाई मैले राम्रो होइन भन्न पनि खोजेकाे होइन तर नेपालको राजनीति हेर्दा भ्रष्टाचार गरिएको र जनताको कर खाएर नेता तथा कर्मचारीहरू बसेकाे भेटिन्छ । यसले गर्दा अहिलेका विद्यार्थीको मनमा नकारात्मक विचार आउन सक्छ किनभने विद्यार्थीले पछि गएर काम गर्दा उनीहरूले कमाएकाे पैसा सबै नेताहरूले आफ्नै मोजका लागि प्रयोग गरेका छन् भने उनीहरूलाई पनि बसी बसी केही नगरेर पैसा खाने एउटा विचार आउँदछ । यसले गर्दा हामीले विद्यार्थीहरूलाई के कुरा ठिक र के कुरा वेठिक भनेर राम्रोसँग जानकारी दिनुपर्छ।  

विद्यार्थी शक्ति भनेकाे देशका लागि महत्त्वपूर्ण शक्ति हो। विद्यार्थी शक्तिले देशमा रहेका विकृतिहरू हटाउन पनि सक्छन् । विद्यार्थीहरूले संसारका कुनामा कुनामा अध्ययन गरी पत्ता लगाएका नयाँ जानकारी देशभित्र रहेका विद्यार्थीलाई बाँड्न सकेमा देशकाे विकाश अझ छिटाे हुनेछ ।