Logo

Student Corner

समयसँग हिँड्ने कोसिस

Written by: Adhit Upadhyay - 22003, Grade XII

Posted on: 05 April, 2022

समयसँग हिँड्ने कोसिस त जारी नै छ, 

तर यो मनले सधैँ पर्खाइरहेको छ, 

सम्झी बुझी अघि बढ्न त खोजिरहेको छु प्रिय ! 

तर यो यादले मलाई सधैँ सताइरहेको छ । 


 

समय अघि बढिसक्यो होला, 

तर म तिनै पलहरूमा नै भुलिरहेको छु, 

के गर्नु हजुर ? मनै त हो, मान्नै खोज्दैन, 

समयसँग हिँड्न त खोजिरहेको छु प्रिय ! 

तर यो मनले सधैँ पर्खाइरहेको छ । 


 

फूलमा भमरा भुन्भुनाएझैँ 

मेरो मनमा सधैँ ती कुराहरू 

गुनगुनाइरहेका छन्, 

समय त अघि बढिसक्यो होला प्रिय ! 

म चाहिँ तिनै यादहरूमा भुलिरहेको छु ।